सामाजिक सञ्जालमा आपत्तिजनक टिप्पणी गर्नेलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन

Published on

काठमाडौं । सामाजिक सञ्जालमार्फत हिन्दु धर्मावलम्बीहरु विरुद्ध आपत्तिजनक टिप्पणी गरेको भन्दै राजविराजमा दुई वटा सङ्गठनले शुक्रबार विरोध प्रदर्शन गर्नुका साथै बजार समेत बन्द गराएका छन् । सामाजिक सञ्जाल मार्फत आपत्तिजनक टिप्पणी गरेको गर्ने राजविराज निवासी अफरोज आलममाथि कानुनी कारबाहीको माग गर्दै राष्ट्रिय बजरङ्ग दल र हिन्दु सम्राट सेना समर्थिक कार्यकर्ताहरुले नाराबाजी गर्दै राजविराज बन्द गराएका हुन् ।

बन्दको प्रभावले राजविराजबाट चल्ने छोटो तथा लामो दुरीका यातायात सञ्चालन हुन सकेको छैन भने आंशिक रुपमा बन्दको प्रभाव सरकारी कार्यालयमा पनि प्रभाव परेको छ । सप्तरी जिल्ला अदालतले सूचना टाँस गरी नै एक दिनको लागि सेवाप्रवाह रोकेको छ । हिन्दु धर्माम्वलम्बीको आस्थामा चोट पु¥याउने गरी सामाजिक सञ्जालमा टिप्पणी गर्ने उपर कारबाही हुनपर्ने हिन्दु सम्राठ सेना सप्तरीका अध्यक्ष सुरेन्द्र दासले बताउनुभयो । यसअघि राष्ट्रिय बजरंग दल र हिन्दु सम्राट सेना र श्रीकृष्ण जन्माष्टमी रथयात्रा आयोजक समिति सप्तरीले बुधबार संयुक्त रुपमा जिल्ला प्रशासन कार्यालय सप्तरीमा प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेललाई कारबाहीको माग सहित ज्ञापनपत्र बुझाएको थियो ।

ज्ञापनपत्रमा राजविराज नगरपालिका वडा नम्बर १ रहमतपुर टोल निवासी अफरोज आलमले सामाजिक सञ्जालमार्फत भगवान् श्रीकृष्णलाई लक्षित गरी अत्यन्त अश्लील, अपमानजनक तथा घृणायुक्त अभिव्यक्ति सार्वजनिक गरेकाले कारबाहीको माग गरिएको थियो । यता आलमले भने तीनबर्ष अघि भूलबस सामाजिक सञ्जाल मार्फत त्यस्तो टिका टिप्पणी हुन गएकोले क्षमायाचना गरेका छन् । उहाँले समामाजिक सञ्जाल मार्फत नै यस्तो नदोहोर्याउने प्रतिवद्धता समेत जनाएका छन् । गोरखापत्र

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...