सडकसँग जोडियो बिगोठी गाउँ

Published on

काठमाडौं । हिमाली जिल्ला हुम्लाको अदानचुली गाउँपालिकाको दुर्गम गाउँबस्ती पछिल्लो समय धमाधम सडक सञ्जालले जोडिँदै गएका छन् । आइतबार वडा नम्बर ४ को बिगोठी गाउँमा सडक पुगेको छ । गाउँपालिकाद्वारा निर्माण गरिएको लौठी रिल्म बिगोठी ग्रामीण सडक खण्ड निर्माण सम्पन्नपछि गाउँमै सडक पुगेको हो ।

तीन वर्ष अगाडिदेखि निर्माण थालिएको सडकबिचमा रोकिँदै आजबाट औपचारीक रुपमा बिगोठीको गाउँ सडकको पहुँचमा जोडिएको स्थानीय छबिलाल थापाले जानकारी दिनुभएको छ । गाउँपालिकाले यहाँका स्थानीयलाई दैनिक उपभोग्य सामग्री ढुवानी गर्न तथा आउजाउमा सहज हुनेगरी प्रत्येक वर्षमा सडक निर्माणलाई निरन्तरता दिँदै आएपछि यति बेला बिगोठीको गाउँ सडक सञ्जालसँग जोडिएको हो । सडकको निर्माण सम्पन्न भएसँगै गाउँपालिकाका उपाध्यक्ष कर्ण रोकायाले उक्त सडकको उद्धघाटन गर्नुभएको छ । उपाध्यक्ष रोकायाअनुसार सडकको औपचारीका रुपमा उद्धघाटन गरेसँगै दुई वटा बोलेर जिप एउटा ट्याक्टरसहित बाइक समेत गाउँ मै पुर्याइएको छ ।

अब पालिकामा भएका ६ वटै वडा औपचारीक रुपमा सडकको पहुँचसँग जोडिएका छन् । यहाँका अधिकांश गाउँबस्तीमा सडक पुगेपछि अहिले स्थानीयलाई दैनिक उपभोग्य खाद्यान सामग्री ढुवानी गर्न तथा आउजाउ गर्नमा निकै सहज हुने भएको स्थानीय नागरिकको भनाइ रहेको छ । पहिला यहाँका स्थानीयलाई दैनिक उपभोग्य सामग्री ढुवानी गर्न दुई चार घण्टा पैदलयात्रा गुर्नपथ्र्यो । अहिले गाउँमा सडक पुगेपछि त्यो खाद्यान सामग्री गाडीमा केही समयमा घर पुग्ने भएपछि नागरिक खुसी भएका हुन् । गाउँमा पुगेका यी सडकलाई तुरुन्तै स्तरोन्नति गरी दिन पाए यहाँका स्थानीयलाई थप सुविधा हुने देखिएको छ । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...