बाघको आक्रमणबाट वृद्धाको मृत्यु

Published on

काठमाडौं । बाघको आक्रमणबाट कञ्चनपुरमा एक वृद्धाको ज्यान गएको छ । इलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीका अनुसार भारतको दुधुवा नेशनल पार्कमा घाँस–दाउरा लिन जानू भएकी वृद्धाको बाघले ज्यान लिएको हो ।मृत्यु हुनेमा पुनर्वास नगरपालिका –६ की ७० वर्षीया सुना निरौला रहनु भएको प्रहरीले जानकारी दिएको छ । पुनर्वास नगरपालिका –६ स्थित आजाद नगरनजिककै जङ्गलमा बाघले आक्रमण गरेर वृद्धाको ज्यान लिएको जनाइएको छ । 

इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका इन्चार्ज लोकेन्द्रसिंह कार्कीका अनुसार शनिबार घाँस–दाउरा लिन जङ्गल जानू भएकी वृद्धा साँझसम्म नफर्किएपछि स्थानीयसहित प्रहरी, आफन्तले खोजतलास गरेका थिए । नेपाल प्रहरी, सशस्त्र प्रहरीसमेत खोजीकार्य गर्ने क्रममा आइतबार जङ्गलमा वृद्धाको शव भेटिएको छ । घटनाबारे आवश्यक कानुनी प्रक्रिया अगाडि बढाउनुका साथै प्रहरीले स्थानीयलाई सतर्क रहन आग्रह गरेको छ । केही वर्ष अगाडि पनि दुधुवा नेशनल पार्कमा घाँस काट्न गएकी पुनर्वास नगरपालिकाको एक महिलाको बाघले ज्यान लिएको थियो । गोरखापत्र

spot_img

ताजा समाचार

आकासे वर्षाको प्रतीक्षामा आँप किसान

काठमाडौं । धनुषा लगायत तराई मधेशका आँप किसान यतिबेला आकासे वर्षाको प्रतीक्षामा छन् ।...

बैतडीमा आर्थिक गणना कार्यालय स्थापना

काठमाडौं । बैतडीमा दोस्रो आर्थिक गणनाका लागि आर्थिक गणना कार्यालय स्थापना गरिएको छ ।...

प्रशासन कार्यालयबाट करिब दुई हजारलाई सेवा प्रदान

काठमाडौं । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले पछिल्लो एक महिनाको अवधिमा करिब दुई हजार सेवाग्राहीलाई...

अछामको ढकाली गाउँपालिकाका अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा : १२ लाख ७७ हजार बिगो

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अछामको ढकारी गाउँपालिकाका अध्यक्ष प्रकाशबहादुर साउदसहित चार जनाविरुद्ध...