कालिज पालनबाट बार्षिक ३० लाखको कारोबार

Published on

काठमाडौं ।राप्तीसोनारी गाउँपालिका –२, मदुईका उदयाराम पुनले कालिज पालनबाट बार्षिक ३० लाख रुपियाँभन्दा बढीको कारोबार गरेर गाउँमै बसेर विदेशभन्दा धेरै बढी पैसा कमाउन सकिने उदाहरण प्रस्तुत गर्नुभएको छ । पाँच वर्षअघि २०० वटा कालिजबाट व्यवसाय सुरु गर्नुभएका पुनसँग अहिले एक हजार ५०० भन्दा बढी कालिज छन् । उहाँले गत वर्ष करिब ३० लाख रुपियाँको कारोबार गरेको जनाउँदै यस वर्ष सो बृद्धि भएर ३५ देखि ४० लाख रुपियाँसम्मको कारोबार हुने आशा गरिएको बताउनुभयो । 

पटक–पटक विदेश जान खोज्दा दलालको ठगी र रकम अभावले जान नसकेपछि वैदेशिक रोजगारीको विकल्प खोज्दै गाउँमै कालिज पालन व्यवसाय सुरु गर्नुभएका पुनले कालिज पालनबाट सोचेभन्दा राम्रो आम्दानी भइरहेको बताउनुभयो । उहाँका अनुसार कालिजको माग अत्यधिक रहेको हुँदा माग बढेसँगै उत्पादन बढाउँदै लगिएको छ । व्यवसायको सुरुवाती चरणमा निकै समस्या झेल्नु परेको पुनको अनुभव छ । पहिलो पटक दाङबाट ल्याइएका २०० चल्लामध्ये १५० भन्दा बढी मरेपछि हिम्मत नहारेर सिक्दै अघि बढेर यहाँसम्म पुगेको उहाँले बताउनुभयो । 

दुई कठ्ठा जग्गामा व्यवस्थित फार्म सञ्चालन गर्दै आउनुभएका पुनले आफ्नै ह्याचरी मेसिन समेत जडान गर्नुभएको छ । उहाँले आफ्नै फार्ममा उत्पादन भएका कालिजका चल्ला बाँके र बर्दियालगायत कर्णाली प्रदेशका सुर्खेत, कालीकोट, जुम्ला र दैलेखसम्म पठाइरहनु भएको छ । पुनका अनुसार एक दिनको चल्ला प्रतिगोटा २५० रुपियाँमा बिक्री हुनेगरेको छ । भाले कालिज दुई हजार ५०० र पोथी कालिज एक हजार २५० रुपियाँ किलोमा बिक्री भइरहेको छ । बाँकेका होटलमा कालिजको मासु विशेष परिकारका रूपमा लोकप्रिय बन्दै गएपछि माग बढेको जनाइएको छ । 

हाल पुनले ८० पोथी र २५ भाले बीउका लागि छुट्टै राख्नु भएको छ । आउँदो फागुनदेखि थप चार कठ्ठा जग्गामा व्यवसाय विस्तार गर्ने तयारी गरिरहेको उहाँले बताउनुभयो ।सोही प्रकारले कालिज पालनमा कोहलपुरकी सरिता थापाजस्ता अन्य उद्यमी पनि संलग्न हुनुहुन्छ । उहाँसँग हाल ५०० कालिज बिक्रीका लागि तयार रहेको थापाले बताउनुभयो । जाडोको मौसममा कालिजको माग अत्यधिक हुने गरेको उहाँले बताउनुभयो ।  व्यवसायमा संलग्न कृषकहरुका अनुसार बाँकेमा कालिज पालन वैकल्पिक आयआर्जनको माध्यमका रूपमा विकसित हुँदैगएको छ । गोरखापत्र

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...