स्वास्थ्य शिविरबाट गाउँमै विशेषज्ञ सेवा

Published on

काठमाडौं । गुल्मीको धुर्कोट गाउँपालिका वडा –४ जैसिथोकमा सञ्चालन गरिएको निःशुल्क स्वास्थ्य शिविरबाट ४०० जनाले सेवा पाएका छन्  । जैसिथोक सामुदायिक सिकाइ केन्द्रको आयोजना, बुटबल हस्पिटल प्रालिको सहयोग एवं धुर्कोट गाउँपालिका र ४ नम्बर वडा कार्यालयको समन्वयमा बृहत निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको थियो ।शिविरमा सर्जन, हाडजोर्नी, जनरल फिजिसियन, बालरोग, महिला तथा प्रसुती लगायतका रोगको उपचार गरिएको थियो । शिविरबाट गरिब, विपन्न एवं कमजोर आर्थिक अवस्था भएका नागरिक सबैभन्दा बढी लाभाम्बित भएका छन् ।

त्यसैगरी गाउँमै विशेषज्ञ डाक्टरसहितको सेवा पाउँदा नागरिकलाई समय र पैसाको समेत बचत भएको जैसिथोक सामुदायिक सिकाई केन्द्रका अध्यक्ष राजन पोखरेलले बताउनुभयो । उहाँले दुर्गम भेगका नागरिकलाई विशेषज्ञ सेवा दिने उद्देश्यले शिविरको आयोजना गरिएको बताउनुभयो । जैसिथोक स्वास्थ्य चौकी व्यवस्थापन समिति अध्यक्ष केशव पोखरेलले आर्थिक अभावकै कारण रोग लुकाउन बाध्य भएका नागरिकले शिविरबाट फाइदा लिएको बताउनुभयो । शिविरबाट दमको पहिचान भएका एक जनालाई थप उपचारको लागि बुटबल रिफर गरिएको छ ।

शिविरमा जनरल सर्जन डाक्टर कृष्णप्रसाद खनाल, पेट, छाती तथा मुटुरोग विशेषज्ञ डाक्टर सागर पौडेल, स्त्री तथा प्रसुती रोग विशेषज्ञ डाक्टर बिन्दु पोखरेल, हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टर उत्सव रेग्मी र बालरोग विशेषज्ञ डाक्टर प्रदिप शर्मा लगायतको टिमले सेवा दिएको शिविरकि सहजकर्ता भरतजङ्ग क्षेत्रीले जानकारी दिनुभयो । धुर्कोट गाउँपालिकाका अध्यक्ष भुपाल पोखरेलले स्वास्थ्य पुर्वाधार, जनशक्ति व्यवस्थापन, औषधी उपकरण र शिविरमा गाउँपालिकाले काम गरेको बताउनुभयो । शिविरबाट स्थानीय समेत खुशी छन् । सुगर र थाइराइड समस्या भएका जैसिथोकका चुरामणी घिमिरेले आफुले औषधी र श्रीमतीलाई शिविरबाट उपचार गरेर फर्किनुभयो । बुटबलका डाक्टर गाउँमै आएर सेवा दिँदा खुशी लागेको घिमिरेले बताउनुभयो । अर्को बिरामी स्थानीय तुलसा पोखरेलले गाउँमा शिविर आएकाले बुटबल जानुपर्ने बाध्यता हटेको बताउनुभयो । गोरखापत्र

गोरखापत्र अनलाइन

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...