तमोरमेवा जलविद्युत आयोजना निर्माण सुरु

Published on

काठमाडौं । ताप्लेजुङमा उत्पादन गर्न लागिएको तमोर–मेवा जलविद्युत आयोजना निर्माणको काम सुरु भएको छ । बहु प्रतिक्षित तथा चर्चित आयोजनाका रुपमा रहेको १२८ मेगावाट क्षमताको तमोर–मेवा जलविद्युत आयोजना निर्माणको काम सुरु भएको हो । जिल्लास्थित मेवा खोला र तमोर नदीको पानीको उपयोग गरी आयोजना निर्माण गर्न लागिएको छ । स्पार्क हाइड्रोइलेक्ट्रिक कम्पनी लिमिटेडको प्रवर्धनमा निर्माण हुने आयोजनाको काम सुरु भएको छ । निर्माणको काम सुरु भएसँगै हालसम्म करिव २२ प्रतिशत कामको प्रगति भइसकेको प्रवर्धक कम्पनीका संस्थापक अध्यक्ष एवम् सञ्चालक भानेन्द्रकुमार लिम्बूले जानकारी दिनुभयो । 

सञ्चालक लिम्बूका अनुसार कम्पनीको मूख्य कार्यालय, आयोजना शिविरका संरचना, निर्माणस्थलमा आउजाउ गर्ने सडकहरु निर्माण भइसकेका छन् । त्यस्तै, बालुवा थिग्राउने पोखरी, अडिट र मुख्य सुरुङ निर्माणको काम पनि सुरु भएको लिम्बूले जानकारी दिनुभयो । लक्ष्यअनुसार नै आयोजना निर्माण सम्पन्न गर्नेगरी कामलाई निरन्तरता दिइने उहाँले बताउनुभयो ।आयोजना निर्माणको प्रारम्भमा प्रवर्धक कम्पनीले बेहोर्ने २५ प्रतिशत लागतको खर्चबाट काम भइरहेको पनि उहाँको भनाइ छ । आयोजनाको कुल लागत रकम भने करिव २६ अर्ब रुपियाँ रहेको छ । आयोजनाका लागि सिद्धार्थ बैङ्क लिमिटेडको अगुवाइमा माछापुच्छ्रे बैङ्क लिमिटेड, एसबिआई बैङ्क लगायतको रहेको मुख्य लगानी रहेको छ ।

तमोर मेवा आयोजनाबाट १२८ मेगावाट क्षमताको विद्युत उत्पादन गर्नेगरी प्रक्रिया सुरु गरिएकोमा निर्माणको चरणमा पुग्दा १७ मेगावाट थप हुने भएपछि आयोजना कुल १४७ मेगावाट क्षमताको हुने भएको पनि लिम्बूले बताउनुभयो । सुरुमा १०१ मेगावाट क्षमताको विद्युत उत्पादन गर्नेगरी प्रक्रिया सुरु भएको आयोजना निर्माणको काम भने करिव २६ वर्षपछि सुरु गरिएको छ । कम्पनी दर्ताको प्रक्रिया वि.सं २०५६ मङ्सिर महिनादेखि नै प्रारम्भ गरिएको थियो ।

यता तत्कालका लागि तमोर नदीको पानी मात्र उपयोग गरेर आयोजना निर्माण गर्नेगरी काम सुरु गरिएको पनि कम्पनीका संस्थापक अध्यक्ष लिम्बूले बताउनुभयो । तमोर नदीबाट आयोजना निर्माण हुने हुँदा आयोजनाको विभिन्न संरचनाहरु फुङ्लिङ नगरपालिकाभित्र रहने छ । आयोजनाको मुख्य प्रभावित क्षेत्रका रुपमा फुङ्लिङ नगरपालिका–१, वडा २, वडा नम्बर ३, वडा नम्बर ८ दोखु र वडा नम्बर ९ हाङ्देवा पर्छ ।आयोजनाको मुहान अर्थात मुख्य बाँध फुङ्लिङ नगरपालिका –१ दगुर्नेमा पर्दछ भने विद्युतगृह वडा ३ स्थित तमोर नदी किनार गुयेलीमा रहने छ । मुख्य सुरुङको दूरी पाँच किलोमिटरको हुने आयोजनाले जनाएको छ । यसअघि आयोजनाको २०८१ जेठ १० गते तत्कालीन संधिानसभाका सदस्य सञ्चपाल मादेनले शिलान्यास गर्नुभएको थियो । गोरखापत्र

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...