एमाले बाँकेद्वारा उम्मेदवार सिफारिस

Published on

काठमाडौं । आसन्न फागुन २१ गतेका लागि तय गरिएको निर्वाचनलाई लक्षित गर्दै नेकपा (एमाले) ले समानुपातिक तर्फका उम्मेदवार सिफारिस गरेको छ । पार्टी केन्द्रीय कार्यालयमा पेश गरिएको विवरणअनुसार एमाले बाँकेले समावेशी प्रतिनिधित्वलाई ध्यानमा राख्दै राष्ट्रिय सभा र प्रतिनिधि सभातर्फ विभिन्न क्लस्टरबाट उम्मेदवार सिफारिस गरेको हो । राष्ट्रिय सभातर्फ खस–आर्य महिलाबाट शान्ति ढकाल, अपाङ्गता भएका व्यक्तितर्फ गोपीन्द्र बुढा र पुरुष समूहबाट नरेन्द्र शर्मालाई सिफारिस गरिएको छ ।

त्यसैगरी प्रतिनिधि सभातर्फ खुला समूहबाट होमप्रकाश सुवेदी, बेदनिधि प्याकुरेल, सनत रेग्मी र भक्तबहादुर केसी सिफारिस हुनुभएको छ । मधेसी समूहबाट पशुपति दयाल मिश्र र जयराम यादव, जनजाति समूहबाट बलदेव पुन र लालबहादुर थापा तथा मुस्लिम समूहबाट मो. हारुन हलवाइलाई अघि सारिएको छ । नेकपा (एमाले) बाँकेका अनुसार, महिला समूहबाट विजय धिताल, थारु समूहबाट रामदास थारु र दलित समूहबाट नन्द विश्वकर्मा सिफारिस हुनुभएको छ ।

समावेशी सिद्धान्तलाई ध्यानमा राख्दै महिला, दलित, आदिवासी–जनजाति, मधेसी, मुस्लिम तथा अन्य समूहबाट प्रतिनिधित्व हुनेगरी नाम सिफारिस गरिएको एमाले बाँकेका अध्यक्ष निरक गुरुङ्गले जानकारी दिनुभयो । पार्टी अध्यक्ष गुरुङ्गले गत शुक्रबार उक्त सिफारिस केन्द्र पठाउनुभएको हो । समानुपातिक प्रणाली अन्तर्गत सबै समुदायको प्रतिनिधित्व सुनिश्चित गर्ने उद्देश्यले उम्मेदवार छनोट गरी केन्द्रमा पठाएको उहाँको भनाइ छ । प्रत्यक्षतर्फ सिफारिसका लागि भने एमाले बाँकेले केन्द्रको निर्णय पर्खेको जनाएको छ । गोरखापत्र

spot_img

ताजा समाचार

बालबालिकालाई तीन महिने प्रशिक्षण

काठमाडौं । यल अध्ययन केन्द्रले १२ वडाका स्थानीय बालबालिकालाई तीन महिने नेपालभाषा, नेवार नृत्य, गायन,...

नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि

काठमाडौं । साताको कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको वृद्धि...

विवादका कारण नेपाल र हङकङबिचको मैत्रीपूर्ण खेल रद्ध

काठमाडौं । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) भित्र चुलिएको विवादका कारण यही चैत १२...

बास्केटबल लिग : टाईम्सको लगातार पाँचौ जित

काठमाडौं । टाईम्स ईन्टरनेसनल क्लबले हिमालयन जाभा नेसनल बास्केटबल लिग (एचजेएनबीएल) मा पाँचौ जित...