मजदुरी गर्दै पढेर साफीले एमबिबिएस नाम निकालेपछि…

Published on

काठमाडौं । बरियारपट्टी गाउँपालिका–२ श्रीपुर गाउँको दलित विपन्न समुदायका सत्यनारायण साफीले मजदुरी गर्दै पढेर एमबिबिएस पढ्न नाम निकालेपछि पढाइका लागि आर्थिक सहयोग जुट्न थालेको छ । उहाँ एमबिबिएस ध्ययनका लागि  दाङको घोरही मेडिकल क्लेजमा नाम निकाल्न सफल हुनुभएको हो । यो सफलतासँगै उहाँलाई होस्टेल खर्च, शैक्षिक सामग्री, पाठ्यपुस्तक खरिदमा लाग्ने खर्च जुट्न थालेको हो । सुरुमा दिनभरी मजदुरी गरेर रातभर पढेर एमबिबिएसमा नाम निकाल्न सफल सत्यनारायण साफीलाई घोराही दाङमा होस्टेलमा लाग्ने खर्च कहाबाट ल्याउने भन्ने चिन्ता थियो ।  यो समस्या सामाजिक सञ्जाल हुँदै मिडियामार्फत् सार्वजनिक भएपछि उहाँलाई आर्थिक सहयोग जुटेको हो । 

बरियारपट्टी गाउँपालिका अध्यक्ष सन्तोषकुमार महतोले गाउँपालिकाको परिषदबाट निर्णय गराएर पाँच वर्ष पढ्न लाग्ने खर्च जुटाउने विश्वास व्यक्त गर्नुभएको छ । उहाँले सत्यनारायण साफीको घर पुगेर नै यस्तो विश्वास दिलाउनुभएको हो। यता ग्रिन एण्ड क्लिन फउण्डेसनका सञ्चालिका आशिका तामाङले घर पुगेर नै एक लाख नगद सहयोग गर्नुभएको छ । सत्यनारायण साफीका पिता मधुरी साफी वैदेशिक रोजगारीमा गएर कक्षा ११ र १२ विराटनगरमा राखेर पढाउनुभएको थियो । पिता मधुरी साफी वैदेशिक रोजगारीबाट घर फर्केपछि घरायसी समस्या बढ्न थाल्दा निर्माण मजदुरीमा दिनभरी काम गरेर राति पढेको बलमा उहाँ एमबिबिएसमा नाम निकाल्न सफल हुनुभएको हो । सत्यनारायण साफी दलित समुदायको मात्रै नभएर समग्र विपन्न समुदायको लागि प्रेरक भएको भन्दै पढाइको लागि थप सहयोग गर्ने बढेका हुन् । छोराको पढाइका लागि सहयोग जुटेपछि परिवार खुशी भएको छ । 

साफी भन्नुहुन्छ, ‘‘मिहिनेत गरेर एमबिबिएसमा नाम निकालेँ । अब सबैको सहयोगले एक दक्ष डाक्टर बनेर देश र समाजको सेवा गर्ने सपना छ ।’ छिमेकी गाउँले लेखक रामरिझन यादव भन्नुहुन्छ,‘‘यो संविधान र आरक्षणको देन हो । सत्यनारायण साफीको लगनशीलता र मेहेनेतले अन्य दलित समुदायलाई पनि नजर खुला गरिदिएको छ । अन्य दलित समुदायलाई सवल र सफल नागरिक बनाउन प्रेरणा मिलेको छ ।’’ गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...