पल्सर स्पोर्ट्स अवार्ड पुस २३ गते

Published on

काठमाडौं । जेनजी आन्दोलनमा कारण रोकिएको एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड पुस २३ गते पोखरामा हुने भएको छ । आयोजक नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)ले आइतबार पत्रकार सम्मेलन गरी अवार्डको नयाँ मिति सार्वजनिक गरेको हो । पोखरा सभागृहमा आयोजना हुने अवार्डअघि पुस २२ गते ‘एनएसजेएफ स्पोर्ट्स समिट’ पनि आयोजना गरिनेछ । समिटमा एडेभेन्चर स्पोर्ट्ससँग सम्बन्धित दुई सेसन हुनेछ । 

अवार्डका लागि सहप्रायोजकको रुपमा यती एयरलाइन्स र नासा सेक्युरिटिज थपिएको छ । स्पोर्ट्स अवार्डमा १० विधामा पुरस्कार प्रदान गरिनेछ । जसमा वर्षको उत्कृष्ट खेलाडी (पुरुष, महिला र युवा), वर्षको उत्कृष्ट प्रशिक्षक, पिपल्स च्वाइस अवार्ड, पारा एथलिट सम्मान, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड, एसियन स्पोर्ट्स जर्नालिस्ट अवार्ड र टिम अफ दि इयर विधाका विजेतालाई पुरस्कार प्रदान गरिनेछ । गोरखापत्र

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...