बैतडीमा कांग्रेसद्वारा ज्येष्ठ क्रियाशील सदस्य सम्मान

Published on

काठमाडौं । नेपाली कांग्रेस बैतडीले पार्टी सङ्गठन निर्माणमा योगदान पुर्‍याएका ज्येष्ठ क्रियाशील सदस्यलाई सम्मान गर्ने अभियानलाई निरन्तरता दिएको छ । अभियानअन्तर्गत हालसम्म जिल्लाका ७१ वडामा रहेका ज्येष्ठ क्रियाशील सदस्यलाई सम्मान गरिसकिएको कांग्रेसले जनाएको छ । शनिबार दोगडाकेदार गाउँपालिका–२, ३ र ७ का सदस्यलाई खिरेगाउँस्थित पार्टी कार्यालयमा तथा वडा ४ र ५ का सदस्यलाई सिल्लेकमा सम्मान गरिएको हो । कार्यक्रममा सम्मानपत्र प्रदान गर्दै खादा ओढाइएको थियो ।

कांग्रेस बैतडीका सभापति चतुरबहादुर चन्दले ज्येष्ठ क्रियाशील सदस्यको योगदानको कदर गर्दै सङ्गठनलाई थप मजबुत बनाउने उद्देश्यले सम्मान कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो । जिल्लाका कुल ८४ वडामध्ये दोगडाकेदारका केही वडा र पुर्चाैंडी नगरपालिकाका १० वडामा सम्मान कार्यक्रम बाँकी रहेको जनाइएको छ । यसैबिच आगामी निर्वाचनलाई लक्षित गर्दै जिल्लाका गाउँ–घरमा राजनीतिक गतिविधि तीव्र बन्दै गएका छन । कांग्रेसले सङ्गठन सशक्त बनाइरहेका बेला रास्वपा र राप्रपाले पनि स्थानीय तहमा सङ्गठन विस्तार र संरचना मजबुतीकरणमा जोड दिएका छन् । यससँगै बैतडीका ग्रामीण क्षेत्रमा निर्वाचनको माहोल क्रमशः तात्दै गएको देखिएको छ । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...