मर्स्याङ्दी बचाउ संर्घष समितिले फिर्ता गर्‍यो तालाचावी

Published on

काठमाडौं । आन्दोलनरत मर्स्याङ्दी बचाउ संघर्ष समितिले मस्र्याङ्दीबेँसी जलविद्युत् आयोजनाको प्रवर्धक कम्पनीलाई यसअघि आफूले निर्माणस्थलबाट खोसेको तालाचावि फिर्ता गरेको छ । जिल्ला प्रशासन कार्यालयमा आयोजना गरिएको दुबैपक्ष बिचको छलफलपछि संघर्ष समितिले आयोजनाका उपकरणको चावि प्रवर्धक कम्पनीका प्रतिनिधिलाई फिर्ता गरेको हो ।मस्र्याङदी बचाउ संघर्ष समितिका संयोजक राम थापाले आयोजनाका प्रवर्धक कम्पनी दिब्यज्योती  प्रतिनिधि मर्स्याङ्दीबेसी जलविद्युत् आयोजना दिब्यज्योति हाइड्रोपावर र अपि पावर कम्पनीका प्रतिनिधिलाई यसअघि गत मंसिर ११ गते खोसेको चावी फिर्ता गरेको हो । 

यसअघि संर्घष समितिले आयोजनाको विद्युत गृह निर्माण क्षेत्रमा प्रयोग भइरहेका जेसिबी, मिक्स्चर, केस मेसिन, मिक्स्चर, ड्रिल मेसिन र जेनेरेटरको चापी संघर्ष समितिले जफत गर्दै आयोजनाको काम तत्काल बन्द गर्न र आयोजना स्थलबाट निर्माण सामग्री र उपकरण तत्काल हटाउन चेतावनी दिएको थियो ।यद्यपि मर्स्याङ्दीबेँसी जलविद्युत् आयोजनाको बारेमा भएको छलफल भने निस्कर्षविहीन बनेको छ । जिल्ला प्रशासन कार्यालय लमजुङमा प्रमुख जिल्ला अधिकारी डा. टोकराज पाण्डेको मध्यस्थतामा आइतबार भएको छलफल दुबै पक्ष टसमस नहुँदा विनानिश्कर्ष टुङ्गीएको हो । 

प्रमुख जिल्ला अधिकारी डा. टोकराज पाण्डेले पहिलो पटक औपचारिक छलफलको शुरुवात भएको र संर्घष समितिले आयोजनाको उपकरणको चावि बुझाएको बताउनुभयो । प्रजिअ पाण्डेले भन्नुभयो, “आज निश्कर्ष नआए पनि छलफलको शुरुवात भएको छ । यो सकारात्मक पक्ष हो । दुबै पक्षलाई मान्य हुनेगरी आयोजना बन्नेमा हामी विश्वस्त छौं ।” आयोजना बारेमा भइरहेको अन्योललाई लिएर सरुवा भएर जानै लाग्दा प्रजिअ पाण्डेले आयोजना गर्नुभएको छलफलमा आयोजना पक्ष, मस्र्याङ्दी बचाउ अभियानका प्रतिनिधि र स्थानीयबासीबिच छलफल आयोजना गरिएकोमा विना निश्कर्ष टुङ्खिएको हो । 

मस्र्याङ्दी बचाउ अभियानको तर्फबाट संयोजक राम थापा, सचिव सुरेश प्रधान लगायतले आयोजनाबाट मेसिन, उपकरण हटाउन ताला चावी फिर्ता गरेको भन्दै बेसीशहर नगरपालिका क्षेत्रभित्र आयोजना सञ्चालन गर्न नदिने आफूहरुको अडान कायम रहेको बताउनुभयो । आयोजनाको प्रबर्धक कम्पनी दिब्यज्योती हाइड्रोपावर र अपि पावर कम्पनीका प्रतिनिधिले आयोजनाको बारेमा जानकारी गराउँदै सञ्चालन गर्ने विकल्पहरु खोजिनुपर्ने धारणा राखेका थिए । 

मस्र्याङ्दी बचाउ अभियानका सचिव सुरेश प्रधानका अनुसार विस्फोट तथा भारी मेसिनरीका कारण भूविन्यास प्रभावित भई बस्ती रुखो–सुक्खा बन्दै जाने जोखिम छ, जसले स्थानीयको जिवनयापन नै संकटमा पार्ने भएकाले आयोजना रोक्नुपर्ने माग गर्नुभएको थियो । स्थानीयको विरोधपछि रोकिएको ५० मेगावाट क्षमताको मस्र्याङ्दीबेँसी जलविद्युत् आयोजनाको भविष्यमाथि अझै अनिश्चित्ता कायमै छ । आयोजनाबारे छलफल भएको भए पनि प्रबर्धक कम्पनी र स्थानीय पक्ष दुबै टसमस नभएपछि अन्योलता थपिएको हो । आयोजनाले बेँसीसहर बजार छल्नेगरी बाँधस्थल मस्र्याङ्दी गाउँपालिका क्षेत्रमा पु¥याउनेगरी प्राविधिक सर्वे र छलफल अघि बढाएको छ । गोरखापत्र

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...