शान्तिपुरमा आधारभूत मन्टेश्वरी तालिम

Published on

काठमाडौं । गुल्मीको शान्तिपुरमा ३९० घण्टे आधारभूत मन्टेश्वरी तालिम सुरु भएको छ । तालिमको चन्द्रकोट गाउँपालिका प्रमुख युवराज केसीले गर्नुभयो । उहाँले तालिमलाई व्याबहारिक र उपलब्धिमूलक बनाउन सहभागीलाई आग्रह गर्नुभयो । लामो समयदेखि घरेलुसँग सहकार्य गरेर सीप र उद्यम विकासका लागि आवश्यक तालिमहरु सञ्चालन भइरहेकाले जिल्लाकै एकमात्र मण्टेश्वरी तालिमको लाभका लागि सक्रियता देखाउनु पर्नेमा केसीले जोड दिनुभयो ।घरेलु तथा साना उद्योग कार्यालयको आयोजना तथा चन्द्रकोट गाउँपालिकाको समन्वयमा तालिम सञ्चालन गरिएको हो । चन्द्रकोट बहुमुखी क्याम्पसमा स्नातक अध्ययन गर्ने २० जना विद्यार्थी तालिममा सहभागी छन् । बाल्यकालमै बालबालिकाको सिकाइ उपलब्धि उन्नत बनाउन तालिमले सहजीकरण गर्ने अपेक्षा आफुहरुको रहेको घरेलु तथा साना उद्योग कार्यालय गुल्मीका प्रमुख राजिब अर्यालले बताउनुभयो। गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...