शीतलहर बढेपछि विद्यालय बन्द

Published on

काठमाडौं । तराई–मधेशमा शीतलहर बढ्दै गएपछि लहान नगरपालिकाका सामुदायिक विद्यालयहरु बन्द गरिएको छ । विपन्न समुदायलाई शीतलहरबाट जोगाउन लहान नगरपालिकाले फाइवर सिरक वितरण गर्ने कामलाई निरन्तरता दिइरहेको छ ।  लहान नगरपालिकाको ५९ वटै सामुदायिक विद्यालयहरु बन्द गरेर शीतलहरको चपेटामा पर्न सक्ने विपन्न दलित बस्तीहरुमा लहान नगरपालिकाले पुस १२ गतेदेखि फाइबर सिरक वितरण कार्य जारी राखिएको लहान नगरपालिकाले जनाएको छ । 

लहान नगरपालिका –१५, १८, १९, २०, २१ र २४ नम्बरका मुसहर सामुदायका ज्येष्ठ नागरिक र अन्य प्रभावित उमेरका विपन्न समुदायलाई सोमबारसम्ममा तीनसय फाइवर सिरक वितरण गरेको लहान नगरपालिका प्रमुख महेशप्रसाद चौधरीले बताउनुभयो । फाइवर सिरक वितरण दाउरा वितरणको साथै त्रिपालमुनि एक वर्षदेखि बस्दै आइरहेका लहान नगरपालिकाले नगरप्रहरी परिचालन गरी  वडा १५ का श्याम सदायको जस्तापाताको छाना हालेर घर निर्माण गरिएको उहाँले जानकारी गराउँदै भन्नुभयो, ‘‘लहान नगरपालिकाका सम्भावित विपन्न बस्तीमा शितलहरले हुने समस्यालाई ध्यानमा पहिलो चरणमा पाँचसय फाइवर सिरक वितरण गर्ने योजना अन्तर्गत तीनसय वितरण गरिसकेका छौ ।’’

शीतलहरले सामुदायिक  विद्यालयमा विधार्थी संख्या घटेपछि सिरहाको १७ वटै पालिकाले पाँच दिनको लागि विद्यालय बन्द गरिएको र सम्भावित जोखिमबाट जोगाउन आवश्यक व्यवस्था गर्न जिल्लाको १७ वटै पालिकामा समन्वय गरिरहेको सिरहा जिल्ला समन्वय समिति प्रमुख दिनेश महतोले जानकारी दिनुभयो । गोरखापत्र

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...