बाँकेमा १७ हजारभन्दा बढी नयाँ मतदाता थपिए

Published on

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा बाँके जिल्लाबाट तीन लाख ५१ हजारभन्दा बढी मतदाताले मतदान गर्ने भएका छन् । जिल्लामा मतदाताको सङ्ख्या उल्लेख्य रूपमा वृद्धि भएको जनाउँदै जिल्ला निर्वाचन कार्यालय बाँकेका प्रमुख टेकबहादुर शाहीले कुल मतदाताको सङ्ख्या तीन लाख ५१ हजार ४३९ पुगेको बताउनु भयो । उहाँले जिल्लामा हालै गरिएको छुटेका मतदाता नामावली सङ्कलनको क्रममा १७ हजार ५०५ जना नयाँ मतदाता थपिएको बताउनु भयो ।

प्रमुख शाहीका अनुसार मतदाता सङ्ख्या वृद्धि भएसँगै जिल्लामा मतदानस्थल र मतदान केन्द्रसमेत थप गरिएको छ । यसअघि १३८ मतदानस्थल रहेको बाँकेमा एउटा मतदान स्थल थपिएको छ भने ३८० मतदान केन्द्र रहेकोमा २३ मतदान केन्द्र थपेर हाल ४०३ वटा मतदान केन्द्र बनेका छन् । केही मतदान केन्द्र अपायक भएको भन्दै सार्नका लागि निवेदन समेत परेको जिल्ला निर्वाचन कार्यालय बाँकेले जनाएको छ । कोहलपुर नगरपालिकाको वडा नम्बर आठ र नौ, खजुरा गाउँपालिकाको वडा नम्बर सात तथा राप्तीसोनारी गाउँपालिकाको वडा नम्बर दुईका मतदान केन्द्र अपायक भएको जनाउँदै स्थानान्तरणका लागि निवेदन आएको प्रमुख शाहीले बताउनु भयो ।

उहाँले मतदाता नामावली सुधारका क्रममा जिल्लामा २४१ वटा निवेदन त्रुटि सच्याउन र ४६८ वटा निवेदन अद्यावधिक गर्नका लागि परेको छ । साथै, दोहोरो नाम दर्ता भएका ९९३ जनाको नाम मतदाता सूचीबाट हटाइएको निर्वाचन कार्यालयले जनाएको छ । बाँकेमा प्रतिनिधिसभाका तीन वटा निर्वाचन क्षेत्र रहेका छन् । निर्वाचन क्षेत्र नम्बर एकमा एक लाख २१ हजार ५३१, क्षेत्र नम्बर दुईमा ९८ हजार ५१२ र क्षेत्र नम्बर तीनमा एक लाख १३ हजार ८९१ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय बाँकेले जनाएको छ । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...