कैदीबन्दी अझै फरार

Published on

काठमाडौं । जेनजी आन्दोलनका क्रममा कपिलवस्तु कारागार कार्यालयबाट भागेका १२१ कैदीबन्दी अझै फरार रहेका छन् । कारागार कार्यालय कपिलवस्तुका प्रमुख दलबहादुर बस्नेतका अनुसार आन्दोलनका व्रmममा फरार ४३० कैदीबन्दीमध्ये ३०९ जनालाई नियन्त्रणमा लिइएको छ । कारागारमा रहेका ४५९ कैदीबन्दीमध्ये २९ जना नभागी कारागारमै बसेको उहाँको भनाइ छ । 

भदौ २५ देखि पुस १५ गतेसम्म जिल्ला प्रहरी कार्यालय कपिलवस्तुबाट ११५ जना पक्राउ परेका छन् । रुपन्देहीबाट चार, रुकुमपश्चिमबाट एक जना पक्राउ गरी बुझाइएको छ भने दाङबाट पव्रmाउ परेका एक जना हाल कारागार कार्यालय दाङमा छन् । केन्द्रीय कारागार काठमाडौँमा एक जना नियन्त्रणमा राखिएको प्रहरीले जनाएको छ । यस अवधिमा १८७ जना कैदीबन्दी स्वयम् उपस्थित भएका छन् । त्यसमध्ये कारागार कार्यालय कपिलवस्तुले प्रकाशित गरेको सूचनाबमोजिम असोज १२ देखि २० गतेभित्र २५ जना स्वयम् उपस्थित भएका हुन् । भदौ २५ देखि पुस १५ गतेसम्म कुल ३०९ जना पक्राउ तथा स्वयम् उपस्थित भइसकेका छन् ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपरीक्षक रिपेन्द्रकुमार सिंहका अनुसार कारागार व्यवस्थापनका क्रममा हालसम्म २० जना कैदीबन्दीलाई अन्य कारागार पठाइएको छ । तीमध्ये १९ जना केन्द्रीय कारागार काठमाडौँ र एक जना (महिला) कारागार कार्यालय पश्चिमनवलपरासी पठाइएको छ । थप १३ जनालाई अन्य कारागार पठाउन बाँकी रहेको प्रहरीले उहाँको भनाइ छ । प्रहरी नायब उपरीक्षक सिंहले फरार कैदीबन्दीको खोजी कार्यलाई तीव्र पारिएको बताउनुभयो । उहाँले भन्नुभयो, “सुरक्षा निकायबिच समन्वय गरी फरार कैदीबन्दीको खोजी तथा पक्राउ कार्य निरन्तर जारी छ । कानुनको दायरामा ल्याउन बाँकी सबैलाई छिट्टै नियन्त्रणमा लिने प्रयास भइरहेको छ ।” हाल कपिलवस्तु कारागारमा ३७४ कैदीबन्दी रहेको कारागार प्रशासनले जनाएको छ । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...