कञ्चनपुरका दुई पालिकाका विद्यालयमा बिदा

Published on

काठमाडौं । कञ्चनपुरका दुई पालिकाका विद्यालयमा सार्वजनिक बिदा दिइएको छ । यहाँको वेदकोट नगरपालिका र भीमदत्त नगरपालिकाले चार दिनका लागि विद्यालयमा बिदा दिएका हुन् । चिसो अझै केही दिन रहने सम्भावना भएकाले विद्यार्थीको स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै बिदा दिने निर्णय गरिएको वेदकोट नगरपालिकाले जनाएको हो । मौसम प्रतिकूलताका कारण विद्यार्थीको पठनपाठनमा बाधा भइरहेकाले विद्यार्थीको स्वास्थ्यलाई दृष्टिगत गर्दै पुस १६ देखि पुस १९ गतेसम्म पालिकास्थित विद्यालयहरूमा जाडो बिदा दिइएको शिक्षा शाखा प्रमुख हरिदत्त भट्टले बताउनुभयो ।

उहाँका अनुसार, विद्यालयहरूले नियमानुसार पाउने बाँकी हिउँदे बिदाबाट कट्टी हुने गरी यस पालिकाअन्तर्गतका सबै सामुदायिक तथा संस्थागत विद्यालयहरूमा बुधबारदेखि पुस १९ गतेसम्म जाडो बिदा दिइएको हो । पुस लागेदेखि सुरु भएको कठ्याङ्ग्रिँदो चिसोले तराई क्षेत्रको जनजीवन अत्यन्त कष्टकर बन्दै गएको छ । चिसो बढ्दा बालबालिका, वृद्धवृद्धा, अशक्त र विपन्न वर्गका मानिस बढी प्रभावित बनेका छन् । यसैगरी, यहाँस्थित भीमदत्त नगरपालिकाले पनि पुस १९ गतेसम्म पालिकास्थित विद्यालयहरूमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । पालिकाले एक सूचना जारी गर्दै बुधबारदेखि नगरस्तरीय १६ औँ राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता तथा दोस्रो आधारभूत विद्यालय स्तरीय खेलकुद प्रतियोगिता सञ्चालन गर्ने भएकाले पुस १९ गतेसम्म प्रतियोगिता अवधिभर  विद्यालयहरूमा बिदा दिइएको जनाइएको छ ।

शिक्षा शाखा प्रमुख हरिदत्त जोशीले खेलकुद अवधिभर यहाँका निजी तथा सार्वजनिक सबै विद्यालयमा सार्वजनिक बिदा दिएको बताउनुभयो । साथै, खेल प्रतियोगितामा भाग लिन, अवलोकन गर्न र अनुशासित भएर खेलहरूका असल पक्षहरूको सिकाइ अनुसरण गर्ने तथा खेलकुद प्रतियोगितालाई व्यवस्थित रूपमा सञ्चालनमा सहयोग गर्नसमेत उहाँले सबैमा आग्रह गर्नुभयो ।  गोरखापत्र

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...