सञ्चारकर्मी यात्रु सम्मानित

Published on

काठमाडौं । वरिष्ठ सञ्चारकर्मी कुमार यात्रु तामाङ सम्मानित हुनुभएको छ । उहाँसँगै पाँच जना आदिवासी अधिकारकर्मीलाई ह्योल्मो समुदायले अभिनन्दन गरेको छ । नेपाल ह्योल्मो महिला संघ, ह्योल्मो सञ्चार समूह समेतको आयोजनामा भएको कार्यक्रममा इन्डिजिनियस टेलिभिजनका प्रमूख कार्यकारी कार्यक्रम निर्माता समेत रहनु भएका सञ्चारकर्मी यात्रु सम्मनित हुनु भएको हो । सञ्चारकर्म मार्फत आदिवासी ज्ञान, आदिवासीको प्रथाजनित संस्था र भूमि, भूभाग र भूक्षेत्रको अधिकार पुनस्र्थापनामा विशेष योगदान दिएको भन्दै सो सम्मान गरिएको छ । 

सञ्चारकर्मी यात्रुलाई हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन ह्योल्मोले अभिनन्दन सहितको सम्मानपत्र प्रदान गर्नुभयो । नेपाल ह्योल्मो महिला संघकी अध्यक्ष किन्जो ओमु ह्योल्मो र सञ्चार समूहका अध्यक्ष टाँसी ह्योल्मोले अभिनन्दनमा हस्ताक्षर गर्नुभयो । सञ्चारकर्मी यात्रुले ह्योल्मो प्रथाजनित संस्था ह्युलठिमको अनुसन्धान र ह्युठिमको संरचना तथा साँस्कृतिक कार्यक्रममार्फत पर्यटन प्रवर्धनसम्बन्धी वृत्तचित्र निर्माण गर्नुभएको छ । सोही कार्यक्रममा वरिष्ठ आदिवासी मानवअधिकारकर्मी शंकर लिम्बुलाई पनि अभिनन्दन सहितको  सम्मान प्रदान गरिएको छ । नेपालका अदिवासीको मानव अधिकारसम्बन्धी वकिल समूह लाहुर्निपका उपाध्यक्ष समेत रहनुभएका लिम्बु  संयुक्त राष्ट्रसंघ मानव अधिकार आयोगबाट समेत पुरस्कृत हुनुभएको छ । 

उहाँ आदिवासीको मानवअधिकार उल्लङ्घनविरुद्ध निःशुल्क कानुनी सहायता प्रदान गर्दै आउनुभएको छ । यसैगरी कार्यक्रममा हेलम्बु गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन ह्योल्मो र ल्हासाका लागि पूर्व महावाणिज्यदूत विनोद ह्योल्मो समेतलाई सम्मान र अभिनन्दन गरिएको छ । नेपाल ह्योल्मो समाज सेवा संघकी अध्यक्ष रेन्जेन डोल्मा ह्योल्मोको समेत उपस्थितिमा भएको कार्यक्रममा ह्योल्मोजन्य प्रथाजनित संस्थाका प्रतिनिधिका रुपमा लामा, गोवा, च्यिवालगायतको उपस्थिति थियो । गोरखापत्र

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...