स्वास्थ्य संस्थालाई लाखौंको सामग्री सहयोग

Published on

काठमाडौं । बागलुङ नगरपालिकाका विभिन्न स्वास्थ्य संस्थालाई लाखौं रुपियाँका स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ । स्वास्थ्य संस्थालाई बलियो बनाइ आम नागरिकको स्वास्थ्यमा सहयोग पुर्याउने लक्ष्यसाथ फेयरमेड फाउण्डेशन र नेपाल गाजा डेभलपमेन्ट फाउण्डेशनको साझेदारीमा सञ्चालित सम्बोधन परियोजनाले स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो । नेपाल गाजा डेभलपमेन्ट फाउण्डेसनका परियोजना व्यवस्थापक समिता पुनले बागलुङ नगरपालिकाका प्रमुख बसन्तकुमार श्रेष्ठलाई स्वास्थ्य सामग्री हस्तान्तरण गर्नुभएको हो । फाउण्डेसनका अनुगमन अधिकृत सुजन पौडेलका अनुसार, बागलुङ नगरपालिका वडा ५ को मालिका स्वास्थ्य चौकीमा पेरीलाइट, इएनटी सेट, कलर बकेट, निडिल कटर, सर्जिकल ड्रम, रक्तचाप नाप्ने सेट, टाइमर सहयोग गरिएको हो । 

त्यस्तै, लहरेपिपल स्वास्थ्य चौकीलाई बिरामी बोक्टे स्टेचर, भकुण्डे स्वास्थ्य चौकीका लागि डेलीभरी सेट, अमलाचौर स्वास्थ्य चौकीलाई अपाङ्गमैत्री बनाइएकोले व्हीलचियर प्रदान गरिएको छ । नारायणस्थान स्वास्थ्य चौकीमा ७५ हजार रुपियाँ बराबरका अत्यावश्यक सामग्री र वासिङ मेसिन प्रदान अनुगमन अधिकृत पौडेलले जानकारी दिनुभयो । बागलुङ नगरपालिका वडा ११ स्थित रायडाँडा स्वास्थ्य चौकीमा ल्याब स्थापनाका लागि आवश्यक सामग्री दिइएको छ । ल्याब स्थापना भएकाले व्यवस्थित बनाएर नागरिकलाई स्वास्थ्य सेवा दिन चाहिने सबैखाले सामग्री प्रदान गरिएको हो । रायडाँडाँकै आफ्नो शहरी स्वास्थ्य एकाइमा अटोक्लेव ड्रम सहयोग गरिएको छ । रायडाँडाँकै तमाखुबारी स्वास्थ्य एकाइमा अनलाइन रेकर्ड गर्ने कम्प्युटर सेट र अटोक्लेब ड्रम प्रदान गरिएको छ । 

स्वास्थ्य संस्थालाई प्रदान गरिएको सामग्रीले नागरिकको स्वास्थ्य सेवा प्रभावकारी बन्ने अपेक्षा गरिएको नगरप्रमुख बसन्तकुमार श्रेष्ठले बताउनुभयो । श्रेष्ठले स्वास्थ्य क्षेत्रको आवश्यकता असीमित भएकाले दातृ निकायको साझेदारीमा नगरपालिकाले पनि लगानी बढाएर सेवा प्रवाहलाई चुस्त बनाउँदै लैजाने काम गरेको बताउनुभयो । परियोजनाले नगरपालिकालाई अपाङ्गमैत्री सहायता सामग्री पनि बितरण गरेको छ । व्हीलचियर, शौचालय चियर, सेतो छडीजस्ता अपाङ्गता भएका नागरिकलाई अत्यावश्यक पर्ने सामग्री हस्तान्तरण गरिएको हो । सम्बोधन परियोजनामार्फत जिल्लाका दश वटै पालिकामा विभिन्न कार्यक्रम सञ्चालित छन् । केही समयअघि परियोजनामार्फत नै धौलागिरि अस्पतालको सहकार्यमा अनमीलाई ३६ दिने एसबिए तालिम दिइएको थियो । गोरखापत्र

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...