ट्रकको ठक्करबाट सडक मजदुरको मृत्यु

Published on

काठमाडौं । बारपाक–लाप्राक सडक खण्डमा ट्रकको ठक्करबाट एक मजदुरको मृत्यु भएको छ । सोमबार बारपाकबाट लाप्राकतर्फ जाँदै गरेको ना. ५ ख. ९२७१ नम्बरको ट्रकले ठक्कर दिँदा उदयपुरको बेलका नगरपालिका–४, लालबजार घर भई सडकको काम गर्न आएका ४० वर्षीय दीपककुमार राई घाइते हुनु भएको थियो । 

घाइते राईको उपचारको क्रममा बुधबार बिहान चितवनस्थित पुरानो मेडिकल कलेज भरतपुरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी निरीक्षक राजन लम्साल बताउनु भयो । उहाँका अनुसार मृतक राईको टाउको र शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको थियो । घट्नापछि ट्रक चालक सहिद लखन गाउँपालिका–७ का इन्द्रबहादुर विकलाई प्रहरीले नियन्त्रमा लिई आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको तथा घट्नाबारे थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक लम्सालको भनाइ छ । 

स्थानीयवासीका अनुसार उक्त सडक खण्डमा निर्माण कार्य भइरहेकाले सवारी साधन चलाउँदा थप सावधानी अपनाउनु पर्ने भए पनि लापारबाहीका कारण दुर्घटना हुने गरेको गुनासो छ । मृतक राई केही समयदेखि बारपाक–लाप्राक सडक आयोजनामा मजदुरी गर्दै आउनु भएको थियो । गोरखापत्र

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...