पाँच सय २३ जना विद्यार्थीलाई न्यानो कपडा वितरण

Published on

काठमाडौं । बाह्रबिसे नगरपालिका-२ नम्बर वडा कार्यालयले आफ्ना वडाभरका सात वटा सामुदायिक बिद्यालयका पाँच सय २३ जना छात्रछात्रालाई न्यानो ट्रयाकसुट सहयोग गरेको छ। वडा कार्यालयको आठ लाख बजेटबाट वडाभरका विद्यार्थीहरुलाई जाडोबाट जोगाउनका लागि ट्रयाकसुट सहयोग गरेको उक्त वडाका अध्यक्ष रेशम बहादुर तामाङले जानकारी दिनुभयो । चिसोका कारण विद्यार्थीहरु विद्यालयमा नियमित गराउनका लागि न्यानो कपडाका रुपमा सो पोशाक वितरण गरिएको उहाँले थप्नुभयो ।

नेपाल राष्ट्रिय माध्यमिक बिद्यालय, ईश्वरीमाला आधारभूत विद्यालय, कमलादेवी आबि, सुनकोशी माबि, कुम्बेश्वरी आबि, सेतीदेवी आबि, मंगलादेवी जनजागृति आबिका बिद्यार्थीहरुलाई ट्रयाकसुट वितरण गरिएको अध्यक्ष तामाङले बताउनुभएको छ । न्यानो कपडा पाएपछि शिक्षण सिकाईमा उत्साह मिलेको ईश्वरीमाला आबिका प्रधानाध्यपक गान्वा बिकले प्रतिक्रिया दिनुभयो । साथै उक्त विद्यालयका पूर्व विद्यार्थी सुवास खड्काले बिद्यार्थीहरुलाई दुई सय थान उनको टोपी सहयोग गर्नुभएको थियो । बाह्रबिसे नगरपालिकाकी उपप्रमुख मञ्जु तामाङ, वडा अध्यक्ष रेशम, वडा सदस्य रिता रसाइली लगायतको बाहुलीबाट विद्यार्थीलाई पोशाक बितरण गरिएको थियो । गोरखापत्र

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...