बेल्डाँडीमा पहिलोपटक पिएचडी उपाधि

Published on

लक्ष्मी जोशी
कञ्चनपुर — सुदूरपश्चिम प्रदेशको कञ्चनपुर जिल्लाको दक्षिणी भेगमा अवस्थित बेल्डाँडी गाउँपालिकाबाट विद्यावारिधि (पिएचडी) उपाधि हासिल गर्ने पहिलो व्यक्तिका रूपमा उप–प्राध्यापक डा. वीरबहादुर सिंह ठकुरी स्थापित भएका छन्।
बेल्डाँडी गाउँपालिका–स्थित रौलेश्वर माध्यमिक विद्यालयबाट माध्यमिक तह उत्तीर्ण गरेका डा. ठकुरी ग्रामीण परिवेशबाटै उच्च शैक्षिक उपलब्धि हासिल गर्दै बेल्डाँडी क्षेत्रकै सम्भवतः पहिलो पिएचडी धारक बनेका हुन्। उनले २०८२ साल पौष १६ गते त्रिभुवन विश्वविद्यालय मानविकी तथा सामाजिकशास्त्र संकाय डीनको कार्यालयमा विद्यावारिधिको अन्तिम मौखिक परीक्षा (फाइनल भाइभा) सफलतापूर्वक सम्पन्न गरेका हुन्।


फाइनल भाइभा सम्पन्न पश्चात सामाजिक सञ्जालमार्फत आफ्ना धारणा सार्वजनिक गर्दै डा. ठकुरीले यस उपलब्धिलाई ऐतिहासिक क्षणका रूपमा उल्लेख गरेका छन्। उनले कुलदेवता, बुवा–आमा तथा आफूलाई ज्ञानको मार्ग देखाउने सम्पूर्ण गुरुजनप्रति हार्दिक नमन व्यक्त गरेका छन्। यसका साथै, कार्यक्रममा अध्यक्षता गर्ने डीन डा. बामदेव अधिकारी, सहायक डीन डा. खोमराज खरेल, मूल्याङ्कन समितिका सदस्यहरू, शोध निर्देशक प्रा.डा. केशवप्रसाद अधिकारी, सह–शोध निर्देशक प्रा.डा. चक्रपाणी लुइटेल, ग्रामीण विकास केन्द्रीय विभागका प्रमुख डा. शुमन खरेललगायत प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्ने सबैप्रति उनले कृतज्ञता प्रकट गरेका छन्।
डा. ठकुरीले त्रिभुवन विश्वविद्यालयबाट ग्रामीण विकास विषयमा “भीमदत्त नगरपालिका, कञ्चनपुरमा वैदेशिक रोजगारीका सामाजिक–आर्थिक प्रभावहरू” (Socio-Economic Impacts of Foreign Employment in Bheemdatta Municipality, Kanchanpur) शीर्षकमा विद्यावारिधि अध्ययन पूरा गरेका हुन्।


हाल उनी सुदूरपश्चिम विश्वविद्यालय केन्द्रीय क्याम्पसमा उप–प्राध्यापकका रूपमा कार्यरत छन्। यसअघि सहायक परीक्षा नियन्त्रकको जिम्मेवारी निर्वाह गरिसकेका ठकुरी हाल मानविकी तथा सामाजिकशास्त्र संकायअन्तर्गत विभागीय प्रमुखको भूमिकामा समेत रहेका छन्। ग्रामीण पृष्ठभूमिबाट उच्च शैक्षिक उपलब्धि हासिल गरेका डा. ठकुरीको यस सफलताले बेल्डाँडी क्षेत्रसहित सिंगो सुदूरपश्चिमका युवाहरूलाई उच्च शिक्षातर्फ प्रेरणा दिने विश्वास गरिएको छ।

spot_img

ताजा समाचार

ढोरपाटनमा दादुरा विरुद्धको खोप अभियान सञ्चालन गरिने

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बागलुङको ढोरपाटन नगरपालिकामा दादुराको सङ्क्रमण देखिएपछि दादुरा विरुद्धको...

प्रत्यक्षतर्फ चौध जना महिला निर्वाचित

काठमाडौं । यस पटक प्रतिनिधि सभा निर्वाचनको प्रत्यक्षतर्फ जित हासिल गर्ने महिला राष्ट्रिय स्वतन्त्र...

घरपझोङमा फोहोर प्रशोधन केन्द्र बनाइने

काठमाडौं । मुस्ताङको घरपझोङ गाउँपालिकाले कुहिने र नकुहिने फोहोर छुट्टाछुट्टै वर्गीकरण गर्न फोहोर संकलन...

लागूऔषधसहित विभिन्न स्थानबाट १४ जना पक्राउ

काठमाडौं । प्रहरीले देशका विभिन्न स्थानबाट लागूऔषधसहित १४ जनालाई पक्राउ गरेको छ । बर्दियाको गुलरिया...