अपरिचित समूहले चलाएको गोली लागेर एक जनाको मृत्यु

Published on

काठमाडौं । जिल्लामा अपरिचित समूहले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको छ । बुधबार राति करिब १ बजे सशस्त्र प्रहरी वेस क्याम्प विओपी लौकही नजिकै पुरी टोलमा अपरिचित समूहले चलाएको गोली लागेर सुनसरीको कोशी गाउँपालिका–१ का ४५ वर्षीय विजय साहको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक डिएसपी चन्द्र बहादुर खड्काले अपरिचित समूहले राति १ बजे तिर चलाएको गोली लागेर साहको मृत्यु भएको जानकारी दिनुभयो । घटनास्थलमा गोलीको खोका फेला परेको र गोली कसले चलाएको बारेमा अनुसन्धान भइरहेको खड्काले बताउनुभयो ।

यता स्थानीयले सशस्त्र प्रहरीले मागेको नजरना वापतको पाँच सय रुपियाँ नदिएको भन्दै किन तस्करी गर्ने, भन्सार छलेर चिनि ओसार्ने भनी भनाभन भएको र त्यसपछि गोली चलाउदा साहको घाटीमा लागेर घटनास्थलमा मृत्यु भएको दाबी गरेका छन् । यता, पीडित परिवारको भनाइ उद्धृत गर्दै कोसी १ का वडा अध्यक्ष सोभितनारायण यादवले सशस्त्र प्रहरीको गोली लागेर साहको मृत्यु भएको बताउनुभएको छ । गोरखापत्र

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...