‘अस्फाल्ट’ प्रविधिबाट बागलुङमा सडक कालोपत्र

Published on

काठमाडौं । बागलुङमा सडक कालोपत्रका लागि सबैभन्दा महङ्गो मानिने प्रविधि अपनाइएको छ । यसअघि बागलुङमा साना सडक, बसपार्क र बलेवा विमानस्थल कालोपत्रमा अपनाइएको ‘अस्फाल्ट’ प्रविधिमा अहिले भने एकै पटक ९ किमि सडक कालोपत्र गर्न थालिएको छ । विश्व बैंकको सहयोगमा बागलुङ नगरपलिका भित्र ठेक्कामा गएका तीन सडक मध्ये सबैभन्दा लामो सडकको रुपमा रहेको मुलपानी–तितौरे सडक कालोपत्र थालिएको छ । अहिले तितौरेदेखि दानविसौना सम्म कालोपत्र सम्पन्न भइसकेको बताउँदै धमाधम कालोपत्रको काम अघि बढिरहेको छ । 

एउटै ठेक्कामा तीन वटा सडक कालोपत्र गर्ने योजना अन्र्तगत दुई वटा छोटा सडकहरु यसअघिनै कालोपत्र सम्पन्न भइसकेका छन् । ठेक्का सम्झौताको १० महिनामै दुई छोटा सडक कालोपत्र सकेको निर्माण व्यवसायीले १८ महिनामा लामो सडकको रुपमा रहेको बागलुङ नगरपालिक–७ को मुलपानीदेखि तितौरेसम्मको ८।६ किलोमिटर सडक कालोपत्र थालिएको हो । ‘अस्फाल्ट प्रविधि’मा धमाधम सडक कालोपत्र गरिएको निर्माण व्यवसायी आशिष फेवाजेभीका इन्जिनियर मनोज शर्माले जानकारी दिनुभयो । बागलुङ नगरपालिका भित्रका तीन वटा सडक मध्ये पहिलो सडकको रुपमा रहेको गणेशथान घुम्ती–निरयघाट सडक र दोस्रो सडक ओढारचौर–ढोडेनी सडक सोही प्रविधिमा कालोपत्र भइसकेको छ । “अस्फाल्ट प्रविधिको कालोपत्र सडक बढी टिकाउ हुन्छ, यातायातको बढी चाप हुने र पानी परिरहने जस्तो ठाउँमा यो प्रविधिको प्रयोग राम्रो मानिन्छ तर निकै खर्चिलो प्रविधिका कारण सबै ठाउँमा कालोपत्र गर्न संभव छैन, १३ किमि सडक कालोपत्र गर्न मात्रै यहाँ ५० करोडमा जिम्मा लिएका हौ”  शर्माले भन्नुभयो “अस्फाल्ट प्रविधिबाट गरिएको कालोपत्र सडक बाक्लो हुने र पाँच वर्षभन्दा माथी टिकाउ हुन्छ, उक्त प्रविधिको प्रयोग बागलुङ कमै मात्रमा प्रयोग भएको छ, अहिले सम्मकै सबैभन्दा लामो सडक नै यही ९ किमि सडक हो ।” जिल्लाकै सबैभन्दा बढी लागतमा उक्त सडक कालोपत्र भइरहेको मान्न सकिन्छ । 

बागलुङ नगरपालिकालाई विश्व बैंकको अनुदानमा उक्त सडकको कालोपत्रको काम भइरहेको छ । गत असारबाट काम थालिएको उक्त सडकमा अहिले सयौ उपकरण र श्रमिक परिचालन गरेर कालोपत्रको चरणमा पु¥याइएको हो ।   वषौदेखि ठेक्का अलपत्र परिरहेको बागलुङका विभिन्न सडकको समस्याकाबिच उक्त सडक भने १८ महिनामै धमाधम कालोपत्र भइरहेको छ । नगरपालिका अन्र्तगतको बागलुङ नगरपालिका–७ को मुलपानीदेखि तितौरेसम्मको ८।६ किलोमिटर सडक कालोपत्र भइरहेको र वडा नम्बर ४ स्थित ओढारचौरदेखि ढोडेनीसम्म २।२ किलोमिटर र बागलुङ नगरपालिकाको वडा नम्बर १ रामरेखा स्थित गणेशथान घुम्तीदेखि नीरयघाटको १।५ किमि सडक कालोपत्र सम्पन्न भइरहेको छ । बागलुङ नगरपालिकाको उक्त सडक हाल सम्मकै नमूना हुनेगरी निर्माण भइरहको बागलुङ नगरपालिकाका नगरप्रमुख बसन्त कुमार श्रेष्ठले जानकारी दिनुभयो । नगरप्रमुख श्रेष्ठले बागलुङको नमूना विकास सोही सडकलाई देखाउन सकिने बताउनुभयो ।

“निकै महङ्गो प्रविधिमा सडक कालोपत्र भइरहेको छ, यो कालोपत्र सडक निकै टिकाउ हुनेछ” श्रेष्ठले भन्नुभयो “सडकमा फुटपाथ, अन्य भौतीक संरचना समेत नमूना हुनेछन् ।” कालोपत्र गर्न विश्व बैंकले बागलुङ नगरपालिका सहित देशभरका १७ स्थानीय सरकारलाई अनुदान उपलब्ध गराएको थियो । स्तरोन्नतीसँगै सडक कालोपत्रका लागि निर्माण व्यवसायी आशिष फेवासँग २०८१ जेठ २३ गते एक वर्षमा सम्पन्न गर्नेगरी रु।४९ करोड २२ लाखमा ठेक्का सम्झौता भएको थियो । तीन वटै सडकको लम्बाई जम्मा १३ किमि रहेको छ । गोरखापत्र

spot_img

ताजा समाचार

जनताप्रतिको सेवाभावमा कमी हुँदैन : अध्यक्ष ओली

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनको परिणाम आफ्नो...

माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माण सम्पन्न

काठमाडौं । म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ मा २२ दशमलव पाँच मेगावाट क्षमताको माथिल्लो ठूलोखोला जलविद्युत्...

खाडीमा इरानी आक्रमण, तेल १०० डलर नाघ्यो

काठमाडौं । मध्यपूर्वमा जारी युद्धका बीच इरानले खाडी क्षेत्रका ऊर्जा पूर्वाधार र जहाजहरूलाई लक्षित...

कञ्चनपुरका निर्वाचित सांसद जनताको समस्या बुझ्न गाउँ–बस्तीमा

काठमाडौं । कञ्चनपुरबाट नव निर्वाचित सांसदहरू जनताको समस्या बुझ्न गाउँ–बस्तीमा सक्रिय छन्। पहिलो पटक...