रिडीमा कृषि मेला प्रदर्शनी हुने

Published on

काठमाडौं । गुल्मीको रिडीमा जिल्लास्तरीय कृषि मेला प्रदर्शनी हुने भएको छ। कृषकलाई उत्पादनमा प्रोत्साहन गर्ने, स्थानीय उत्पादनको बजारीकरण गर्ने, रैथाने बाली वस्तुको प्रवर्द्धन गर्ने उदेश्यले कृषि मेला प्रदर्शनीको आयोजना गर्न लागिएको रुरुक्षेत्र गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिनेश ज्ञवालीले जानकारी दिनुभयो। रिडी माघे सङ्क्रान्ति मेलाको अवसरमा यही माघ १ गतेदेखि ३ गतेसम्म रुरुक्षेत्र गाउँपालिका, राष्ट्रिय कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ, कृषि ज्ञान केन्द्र, भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्र, सत्यवती गाउँपालिका, छत्रकोट गाउँपालिका र गुल्मीदरबार गाउँपालिकाको सहकार्यमा कृषि मेला प्रदर्शनी हुन लागेको हो। 

कृषकलाई प्रविधिको बारेमा जानकारी गराउनुका साथै कृषकका अनुभव आदानप्रदान र स्थानीय उत्पादित बाली वस्तुको प्रवर्द्धन तथा प्रचारप्रसारका लागि कृषि मेलाको आयोजना गर्न लागिएको छ। उत्पादित कृषिजन्य वस्तुलाई प्रदर्शनीमा ल्याउनका लागि सबै कृषकलाई आग्रह गरिएको रुरुक्षेत्र गाउँपालिका अध्यक्ष यदु ज्ञवालीले बताउनुभयो। कृषि मेला प्रदर्शनीमा खाद्यान्न बाली (घोघा तथा बाला वा झोप्पासहित), तरकारी, आलु, टमाटर तथा कोसेबाली (बोटसहित), कन्दमुलरजरेबाली (सिङ्गो), मौरी (चाकासहित), कफी तथा अमिलो जातका फलफूल (हाँगासहित), मसला बाली, बीउबिजन, स्थानीय तथा रैथाने बाली लगायतका विभिन्न बालीहरू ल्याउनुपर्नेछ। 

प्रदर्शनी भएका कृषिजन्य वस्तुहरूलाई विभिन्न विधामा वर्गीकरण गरी प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुनेलाई पुरस्कार प्रदान गरिने छ। प्रथमलाई पाँच हजार, द्वितीयलाई चार हजार, तृतीयलाई तीन हजार र सान्त्वनालाई दुई हजार रुपियाँ नगद पुरस्कार नियमानुसार  प्रदान गरिनेछ। कृषि मेला प्रदर्शनीले कृषि उत्पादनमा विशेष टेवा पुर्‍याउने बताइएको छ। गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...