कजरिया टायल्समा काम गर्ने दुई मजदुरको मृत्यु, उद्योग क्षेत्र तनावग्रस्त

Published on

काठमाडौं । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका वडा १२ मा रहेको कजरिया टायल्स उद्योगमा काम गर्ने दुई जना मजदुरको मृत्यु भएको छ । गएराती टायल बनाउने क्रममा ग्यासको प्रयोग गरेर काम गरिरहेका दुई जना मजदुरको मृत्यु भएको हो । मृत्यु हुनेमा एक जना बर्दघाट–१३ धनेवाका ४० वर्षीय होम बहादुर थापा र भारत उत्तरप्रदेशको प्रतापगढका ३० वर्षीय बिनोद कुमार रहेका छन् ।उद्योगले कामदारको सुतिरहेको अवस्थामा मृत्यु भएको दाबि गरेपनि स्थानीय र मृतकका आफन्तले अहिले उद्योगको लापरवाहीले मृत्यु भएको भन्दै उद्योग विरुद्ध प्रर्दशन गरिरहेका छन् । तनावको अवस्था सृजना भएपछि अहिले प्रहरी परिचालन गरिएको छ । रातिनै मजदुरको मृत्यु भएको भएपनि उद्योगले बिहान ढिलो गरि मात्रै प्रहरी र मृतकका आफन्तलाई खबर गरेको स्थानीयको भनाई छ । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक अनुपम श्रेष्ठले बताउनुभयो । 

रातीको समयमा मजदुरलाई आवश्यक पर्ने कामदार सुरक्षाका सामाग्री बिनै काममा लगाएको, सास फेर्न कठिन भएको जानकारी गराउँदा समेत उद्धार नगरेका कारण मृत्यु भएको र घटना ढाकछोप गर्ने प्रयास गरेको मृतकका आफन्तको आरोप छ । ग्यास भएको क्षेत्रमा काम गर्नुपर्ने भएकाले उनीहरूको अक्सिजनको अभावमा मृत्यु भएको अनुमान गरिएपनि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । शव पोष्टमार्टमका लागी लान समेत मृतकका आफन्तले दिएका छैनन् । गोरखापत्र

spot_img

ताजा समाचार

किशोरी इनिसाको बलात्कारपछि हत्या: कानुन संशोधनको माग

काठमाडौं । सुर्खेतको वीरेन्द्रनगरकी १६ वर्षीया किशोरी इनिसा विकको सामूहिक बलात्कारपछि भएको हत्यामा संलग्नलाई...

मध्यपूर्वमा रहेका नेपालीको तत्काल उद्धार गर्न सरकारसँग श्रमविज्ञको आग्रह

काठमाडौं । श्रमविज्ञ डा. रामेश्वर नेपालले मध्यपूर्वका विभिन्न देशमा द्वन्द्वका कारण जोखिममा परेका नेपाली...

छ वर्षपछि चीन-उत्तर कोरिया रेल सेवा पुनः सुरु

काठमाडौं । करिब छ वर्षपछि उत्तर कोरिया र चीनबीचको रेल सेवा पुनः सञ्चालनमा आएको...

धमाधम विज्ञापन सामग्री हटाउँदै काठमाडौँ महानगर

काठमाडौं । सम्झौताअनुरूप समय सकिँदा पनि सम्बद्ध अधिकारी सम्पर्कमा नआएपछि काठमाडौँ महानगरपालिकाले विज्ञापन सामग्री...