जङ्गल फाँडेर सुन्तलाखेती विस्तार

Published on

काठमाडौं । बिहादी गाउँपालिका–१ क्यूडाँडाका गणेशबहादुर गुरुङले सात वर्षदेखि व्यावसायिक सुन्तलाखेती गर्दै आउनुभएको छ । बाँझो र जङ्गलले भरिएको खेतबारीमा झाँडी फाँडेर उहाँले सुन्तलाखेती लगाउनुभएको हो । करिब एक सय रोपनी क्षेत्रफलमा रु एक करोड लगानी गरेर गुरुङले सुन्तलाखेती गर्नुभएको हो । उहाँको बगैँचामा तीन हजार २०० सुन्तलाका बोट छन् । तीमध्ये अहिले करिब ५० प्रतिशत बोटले फल दिन थालेका उहाँले जानकारी दिनुभयो । स्थानीय ‘बिजु’ जातका बिरुवा लगाएको बताउँदै गुरुङले सुरुमा परीक्षणका रूपमा खेती गरे पनि पछिल्लो दुई वर्षदेखि व्यावसायिक उत्पादन गर्न थालेको जानकारी दिनुभयो । उहाँकाअनुसार गत वर्ष रु पाँच लाख आम्दानी भएको थियो । 

“पाकेका सुन्तला टिपेर बजार पठाउन सुरु गरेका छौँ, अहिले नै कति आम्दानी हुन्छ भन्ने यकिन भइसकेको छैन”, कुश्माबजारमा आयोजित पर्वत महोत्सवमा बच्छेश्वर कृषि तथा पशुपक्षी फार्मको स्टल सञ्चालन गर्नुभएका गुरुङले भन्नुभयो, “खेर गएको माटो सदुपयोग गरी गाउँमा प्रशस्त आम्दानी गर्ने उद्देश्यले सुन्तला लगाएको हुँ ।” उहाँका अनुसार फार्ममा एउटै सुन्तला तीन सय ५० ग्राम सम्मका फलेका छन् । ठूला र आकर्षक गोटा भएकाले प्रतिकिलो रु एक सय ५० मा बिक्री भइरहेको गुरुङले जानकारी दिनुभयो । गाउँबाट थोक विक्रेतालाई भने रु एक सय २० मा बिक्री गर्ने गरेको उहाँले बताउनुभयो । फार्मसम्म पुग्ने सडकको अवस्था जोखिमयुक्त भएकाले सुन्तला ढुवानीमा समस्या परेको उहाँको भनाइ छ । “मुस्किलले फार्मभन्दा केही तलसम्म सडक पुगेको छ, तर कच्ची सडक भएकाले ठूला सवारीसाधन आउनजान नसक्दा बजार पठाउन समस्या हुन्छ”, गुरुङले भन्नुभयो । उहाँले सुन्तलासँगै निबुवा, कागती र बेसार पनि लगाउनुभएको छ । कागती र निबुवाको चुक तथा अमिलो र बेसारको धुलो घरमा तयार गरेर बिक्री गरिरहेको उहाँले बताउनुभयो । व्यावसायिक कृषिमा लागेको छोटो समयमै निर्माण व्यावसायबाट भन्दा कृषि कर्मबाट प्रस्शस्त आम्दानी गर्न सफल भएको उहाँको भनाइ छ । “यो पेसामा पहिलेदेखि लाग्नुपर्ने रहेछ । अहिले पनि ढुवानीको भने समस्या छ । सडक सुविधा सहज भएमा ढुवानीको समस्या अन्त्य हुने थियो”, उहाँले भन्नुभयो ।

फार्म सुरु गरेपछि कृषि ज्ञान केन्द्रले बिरुवा र ढुवानीमा अनुदान दिनुका साथै बिहादी गाउँपालिकाले क्यारेटलगायत आवश्यक सामाग्री सहयोग गरेको गुरुङले जानकारी दिनुभयो । उहाँले बगैँचामा रहेका सबै बोटले फल दिँदा वार्षिक रु ५० लाखभन्दा बढी आम्दानी गर्न सकिने बताउनुभयो । एक पटक लगानी गरेपछि वर्षौँसम्म आम्दानी लिन सकिने सुन्तला  वास्तवमै सुनजस्तै फल रहेको उहाँको अनुभव छ । सडकको पहुँच पुर्‍याइदिन पटकपटक स्थानीय सरकारलाई अनुरोध गरे पनि सुनुवाइ नभएको गुरुङले गुनासो गर्नुभयो । सडकको सहज पहुँच पुग्ने हो भने बगैँचालाई अझै आधुनिक किसिमले विस्तार गर्ने योजना रहेको उहाँले बताउनुभयो । गाउँमै रहेको माटोमा पसिना बगाउने हो भने रोजगारी र आम्दानीका लागि विदेश पलायन हुनु नपर्ने उहाँको भनाइ छ । गोरखापत्र

spot_img

ताजा समाचार

किशोरी इनिसाको बलात्कारपछि हत्या: कानुन संशोधनको माग

काठमाडौं । सुर्खेतको वीरेन्द्रनगरकी १६ वर्षीया किशोरी इनिसा विकको सामूहिक बलात्कारपछि भएको हत्यामा संलग्नलाई...

मध्यपूर्वमा रहेका नेपालीको तत्काल उद्धार गर्न सरकारसँग श्रमविज्ञको आग्रह

काठमाडौं । श्रमविज्ञ डा. रामेश्वर नेपालले मध्यपूर्वका विभिन्न देशमा द्वन्द्वका कारण जोखिममा परेका नेपाली...

छ वर्षपछि चीन-उत्तर कोरिया रेल सेवा पुनः सुरु

काठमाडौं । करिब छ वर्षपछि उत्तर कोरिया र चीनबीचको रेल सेवा पुनः सञ्चालनमा आएको...

धमाधम विज्ञापन सामग्री हटाउँदै काठमाडौँ महानगर

काठमाडौं । सम्झौताअनुरूप समय सकिँदा पनि सम्बद्ध अधिकारी सम्पर्कमा नआएपछि काठमाडौँ महानगरपालिकाले विज्ञापन सामग्री...