एक दिन लम्बियो बागलुङ महोत्सव

Published on

काठमाडौं । बागलुङ महोत्सव एक दिन लम्बिने भएको छ । पुस ११ गतेदेखि सुरु भएको महोत्सव मङ्गलबारसम्म चल्ने भएको हो । यसअघि सोमबारसम्मलाई महोत्सवको अवधि तोकिएको थियो । महोत्सवको समापन समारोह मङ्गलबार हुने आयोजक बागलुङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजनकुमार शाक्यले जानकारी दिनुभयो । मङ्गलबार चर्चित गायिका रचना रिमाललगायतका कलाकारको साङ्गीतिक प्रस्तुति रहने उहाँले बताउनुभयो । 

भलिबल, लोक दोहोरीलगायत प्रतियोगिताको फाइनल प्रतिस्पर्धा सोमबार हुने जनाइएको छ । सोमबार गायक प्रकाश दुतराज, विष्णु खत्री, गायिका प्रीति आलेलगायत कलाकारले प्रस्तुति दिनेछन् । महोत्सवमा खुला प्रदेशस्तरीय पुरूष तथा महिला भलिबल, खुला राष्ट्रिय दोहोरी गीत प्रतियोगिता, पञ्चेबाजा प्रदर्शनी तथा प्रतियोगिता, भोले छुने प्रतियोगिता, सामूहिक नृत्य, वक्तृत्वकला, लठो तान्ने, घैंटाफोर, तारो हान्नेलगायत विविध खेलकुद प्रतियोगिता आयोजना गरिएको छ। महोत्सवमा सांस्कृतिक झाँकी, स्थानीय खाना प्रवर्धन, सुन्तला, हस्तकला, कृषि तथा पशु, औद्योगिक उत्पादन, स्थानीय जडीबुटी, सूचना प्रविधि आदिको प्रदर्शनी तथा बिक्रीकक्ष छन् । आठ लाख दर्शकले मेला अवलोकन गर्ने अनुमान गरिएको सङ्घका पूर्वअध्यक्ष एवं सुरक्षा व्यवस्थापन उपसमितिका संयोजक नरेश कँडेलले बताउनुभयो।

महोत्सवको प्रतिटिकट  १० रुपियाँ मानव सेवा आश्रम बागलुङलाई सहयोग गरिनेभएको छ । टिकटबाट उठेको रकमबाट नेपाल पत्रकार महासङ्घ, बागलुङको संस्थागत विकास र जिल्लाको खेलकुद विकासमा सहयोग गरिने जनाइएको छ। महोत्सवबाट बचेको रकम व्यवसायीहरूको कल्याणकारी कोष, बागलुङ बजारमा सिसी क्यामेरा जडान तथा मर्मत, स्वास्थ्यका लागि खेलकुद कोष, अक्षयकोष निर्माण, कोसेली घर सञ्चालन आदिमा खर्च गरिने जनाइएको छ । महोत्सवमा दुई करोड २० लाख रुपियाँ आम्दानी हुने र एक करोड ७० लाख रुपियाँ खर्च हुने आयोजकको अनुमान छ । महोत्सवमा दुई सयभन्दा बढी व्यावसायिक  ‘स्टल’ छन् । गोरखापत्र

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...