नेपाली सेनाको गोरखा–काठमाडौँ एकीकरण पदयात्रा

Published on

काठमाडौं । नेपाली सेनाले सोमबारदेखि गोरखा–काठमाडौँ एकीकरण पदयात्रा सुरु गरेको छ । एकीकरणका प्रतिक पृथ्वीनारायण शाहले बाइसे–चौबिसे राज्यलाई एकीकरण गर्दा प्रयोग गरिएको पैदलयात्रा हुँदै आज बिहान ९ः५० बजे पदयात्रा सुरु गरेको नेपाली सेनाका रुद्रध्वज गणका गणपति विरोध रिजालले जानकारी दिनुभयो ।

उहाँका अनुसार नेपाली सेनाको ब्याण्डबाजा, पञ्चेबाजा बजाउँदै हनुमान चौतारबाट निस्केर टोली गोरखा दरबार, जोरपोखरी, ताप्ले अश्राङ हुँदै बोर्लाङको घाटबेंसी पुग्ने उहाँले बताउनुभयो । साँझ कार्यक्रम गरी धादिङको टोलीलाई टर्च र झण्डा दिएर गोरखाको टोली फिर्ता हुने रुद्रध्वज गण गोरखाले जनाएको छ । पृथ्वीनारायण शाहकालीन पोसाकमा सजिएका सेनाले पृथ्वीनारायण शाहले स्थापना गरेको पुरानो गोरखगण, बर्दबहादुर गण, सबुज गण, कालीबक्स गण र श्रीनाथ गणको झण्डा, राष्ट्रिय झण्डा र टर्चसहित नेपाली सेनाका पश्चिम पृतनापति भोलानाथ थापा र गोरखा नगरपालिकाका नगर प्रमुख कृष्णबहादुर रानाले एक कार्यक्रमका बिच झण्डा र टर्च हस्तान्त्ररण गर्नुभएको रुद्रध्वज गण गोरखाले जनाएको छ । गोरखाबाट पठाइएको टर्च र झण्डा २६ गते साँझसम्म काठमाडौँको हनुमानढोका पुर्‍याइनेछ । २७ गते हनुमानढोका परिसरमा हुने राष्ट्रिय एकता दिवस तथा पृथ्वीजयन्ती मल समारोहमा शार्दूलजंग गुल्मले उक्त टर्च र झण्डासहित प्रस्तुति गर्ने कार्यक्रम छ ।

नेपालकै राष्ट्रिय एकताको प्रतीक पृथ्वीनारायण शाह जन्मेको र हुर्केको थलो गोरखा दरबार र समग्र गोरखाको पर्यटन प्रवर्धन गर्ने उद्देश्यका साथ २०७६ सालबाट नेपाली सेनाले एकीकरण पदयात्रा गर्दै आएको छ । गोरखा जिल्लामा रहेका ११ वटै पालिकाको समन्वय तथा गोरखा नगरपालिका र भीमसेन थापा गाउँपालिकाको विशेष आयोजनामा नेपाली सेनाले गोरखा काठमाडौँ एकीकरण पदयात्रा सुरु गरेको रुद्रध्वज गण गोरखाले जनाएको छ । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...