प्राधिकरणको ध्यान गुणस्तरीय बिजुली सेवामा : निर्देशक शाक्य

Published on

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले प्राधिकरणको ध्यान गुणस्तरीय बिजुलीमा केन्द्रित रहेको बताउनुभएको छ । ‘प्रादेशिक कार्यालयका उत्कृष्ट ग्राहकलाई सम्मान गर्ने अभियान’ का लागि कर्णाली र सुदूरपश्चिम प्रदेश पुग्नु भएका उहाँले त्यहाँका विभिन्न वितरण केन्द्र र सब–स्टेशनको निरीक्षण गर्ने क्रममा यस्तो बताउनुभएको हो । कर्णालीको सुर्खेत र सुदूरपश्चिमको धनगढीमा आयोजित दुबै कार्यक्रममा सहभागी हुने क्रममा शाक्यले प्राधिकरणको ध्यान अब गुणस्तरीय बिजुली सेवामा केन्द्रित हुने बताउनुभयो। ‘पहिले दिनमा लोडसेडिङ थियो, त्यतिबेला जसरी पनि बिजुली पुर्याउनुपर्छ भन्ने थियो । अब बिजुली पुर्याएर मात्रै हुँदैन’ उहाँले धनगढीको कार्यक्रममा भन्नुभयो, ‘बिजुलीको गुणस्तर राम्रो हुनुपर्छ । गुणस्तर भनेको झ्याप्पझ्याप्प बिजुली जानु भएन । बिजुली भरपर्दो हुनुपर्छ ।’ 

उहाँले उत्कृष्ट ग्राहकलाई सम्मान गर्ने कार्यक्रममा सबैभन्दा बढी विद्युत खपत गरेर प्राधिकरणको आम्दानीमा मात्र टेवा पुर्याउने होइन, विद्युतको उपयोग मार्फत राष्ट्रिय अर्थतन्त्रमा पनि योगदान दिनुपर्छ भन्नुभयो । उहाँले गुणस्तीय बिजुली सबै उपभोक्ताको आवश्यकता भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘त्यसैले उद्योगीहरुका लागि विद्युतको निरन्तरता अत्यावश्यक छ । त्यसका लागि विद्युतको भोल्टेज गुणस्तरीय हुनुपर्छ ।’ उहाँले सबै वितरण केन्द्रका प्रमुखसँग बसेर कुराकानी गरेको भन्दै  सुदूरपश्चिमको क्षेत्रको विद्युतलाई विश्वसनीय र राम्रो अथवा गुणस्तरीय बनाउन अत्तरिया–धनगढी प्रसारण लाइन निर्माणको लाइसेन्स लिएर अघि बढेको जानकारी दिनुभयो । उहाँले कर्णाली र सुदूरपश्चिमको निरीक्षण भ्रमणका क्रममा कोलपुर–सुर्खेत–दैलेख १३२ केभी प्रसारण लाइन आयोजनासँगै कर्णाली प्रदेशको वितरण तथा ग्राहक सेवा निर्देशनालयको निरीक्षण भ्रमण गर्नुभयो । उहाँले त्यहाँ हिमाली र पहाडी जिल्लामा देखिएका समस्या र समाधानको उपायसहित तालिका बनाएर अघि बढ्न निर्देशन दिनुभयो । 

काठमाडौंबाट प्राधिकरणका उपकार्यकारी निर्देशक दीर्घायूकुमार श्रेष्ठलाई साथमै लिएर कर्णाली पुग्नुभएका निर्देशक शाक्यले त्यहाँ प्राधिकरणका कर्णाली प्रादेशिक कार्यालयका प्रमुख शशिभूषण साहसहित निरीक्षण गर्नुभएको थियो । सुदूरपश्चिममा शाक्लेले कैलालीको लम्कीचुहामा रहेको प्राधिकरणको इन्जिनियरिङ सेवा निर्देशनालय कंक्रिट पोल प्लान्ट, अत्तरियाको सब–स्टेशन, सुदूरपश्चिम प्रादेशिक कार्यालय, धनगढी वितरण केन्द्रलगायतको भ्रमण गर्नुभयो । शाक्यले आफ्ना उत्कृष्ट ग्रहकलाई सम्मान गर्ने, विश्वसनीय विद्युत आपूर्तिका लागि सरोकारवाला निकायका गुनासा–समस्या सुन्ने, प्राविधिक समस्याहरुको जानकारी लिने बताउनुभयो । समस्याको पहिचान गर्ने अभियान कोसी प्रदेशबाट सुरुवात गरेको भन्दै मधेस प्रदेश, गण्डकी, कर्णाली प्रदेश हुँदै सुदूरपश्चिममा पनि सम्पन्न गरेको र अब छिट्टै लुम्बिनी र बागमतीमा गर्ने जानकारी उहाँले दिनभुयो। गोरखापत्र

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...