इभि गाडीले ठक्कर दिँदा एकको मृत्यु

Published on

काठमाडौं । रौतहटमा इभि गाडीले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । बौधिमाई नगरपालिका–१ भुवाली चौकमा  पिपरीयाबाट अजगैबि जाने भित्री सडक खण्डमा बागमती प्रदेश ०३–००१ ज ७६६ नं. को इभि गाडीले अनटेस्ट प्लेटिना मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको उपचारको क्रममा मृत्यु भएको छ । 

मोटरसाइकल चालक बौधीमाई नगरपालिका–२ ईनर्वाका २३ वर्षीय दिपेन्द्र बैठाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी निरीक्षक रुद्रराज कंडेलले जानकारी दिनुभयो । सोमबार बिहान ०८ः४५ बजेको समयमा इभिको ठक्करले  गम्भिर घाईते भई उपचारको लागी प्रादेशिक अस्पताल गौरमा भर्ना भएका बैठालाई डाक्टरले १० बजेर १५ मिनेटमा मृत घोषणा गरेको उहाँले बताउनुभयो । 

ठक्कर दिने इभि गाडी र इभि गाडीका चालक रौतहटको  राजपुर नगरपालिका–५ का २५ वर्षीय उपेन्द्र साहलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी निरीक्षक कंडेलले बताउनुभयो । शव प्रादेशिक अस्पताल गौरमै रहेको र घटनाको अनुसन्धान भइ रहेको उहाँले जानकारी दिनुभयो । गोरखापत्र

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...