एक सय ५० परिवारलाई कम्बल वितरण

Published on

 काठमाडौं । छिन्नमस्ता गाउँपालिका ५ लोखरमका विपन्न दलित परिवारहरूलाई जिल्ला प्रशासन कार्यालय सप्तरीले सोमबार १ सय ५० परिवारलाई कम्बल वितरण गरेको छ ।यसअघि झाडा पखालाबाट प्रभावित क्षेत्र भएकोले अति विपन्न परिवारको बस्ती भएकोले पछिल्लो दुई साता यता अत्यधिक जाडो बढेपछि तत्काल केही राहत हुने उद्देश्यले कम्बल वितरण गरेको सप्तरीका प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेले जानकारी दिनुभयो ।

कम्बल वितरण कार्यक्रममा गाउँपालिका अध्यक्ष बिध्यानन्द चौधरी, राष्ट्रिय अनुसन्धान प्रमुख कुलचन्द नेपाल तथा वडा अध्यक्ष जयप्रकाश ठाकुरको उपस्थिति रहेको थियोे । जिल्लामा शितलहर बढेपछि दलित,सिमान्तकृत तथा विपन्न परिबारले बाक्लो कपडा, दाउरा लगायतको समस्या भोग्दै आएको बेला यो सानो सहयोगले पनि गरिब विपन्न परिवारलाई ठूलो राहत हुने विश्वास लिएको स्थानीय बुधनी सदाले बताउनुभयो । गोरखापत्र

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...