उत्कृष्ट सहकारी, कर्मचारी र किसान सम्मानित

Published on

काठमाडौं । जिल्ला सहकारी सङ्घ गुल्मीको ३२ औँ वार्षिक साधारणसभाको अवसरमा उत्कृष्ट कार्य गर्ने दुई सहकारी संस्था र दुई जना व्यवस्थापकलाई सम्मान गरिएको छ । यस वर्ष उत्कृष्ट सहकारीको रूपमा स्वावलम्बन महिला बचत तथा ऋण सहकारी संस्था र उज्यालो बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड सम्मानित भएको जिल्ला सहकारी सङ्घका व्यवस्थापक युवराज आचार्यले जानकारी दिनु भयो। त्यस्तै, उत्कृष्ट कर्मचारीतर्फ जिल्ला सहकारी सङ्घका व्यवस्थापक युवराज आचार्य र गुल्मी युनाइटेड बचत तथा ऋण सहकारीकी कम्प्युटर सहायक सावित्रा पाण्डे सम्मानित हुनु भएको छ । दोसल्ला, प्रमाणपत्र तथा नगदसहित सम्मान गरिएको थियो। साधारण सभाकै अवसरमा मदाने गाउँपालिका सिर्सेनीका कफी कृषक मेघराज अर्याल र रेसुङ्गा नगरपालिका–१०, सिमिचौरकी मन्जु केसीलाई कफी उत्पादनमा योगदान गरेको भन्दै सम्मान गरिएको छ ।

जिल्ला सहकारी सङ्घ गुल्मीको ३२ औँ वार्षिक साधारणसभा विभिन्न कार्यक्रमका साथ सम्पन्न भएको छ। साधारण सभाको सङ्घका अध्यक्ष यमबहादुर थापाले गर्नु भएको थियो। सभामा थापाले आर्थिक वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । सहकारी क्षेत्र हाल जटिल र चुनौतीपूर्ण अवस्थाबाट गुज्रिरहेकाले सहकारीहरू स्वनियमन, स्वनियन्त्रित र पारदर्शी रूपमा सञ्चालन गर्नुपर्नेमा थापाले जोड दिनु भयो । साथै सहकारी राष्ट्रिय नियमन प्राधिकरणले अन्धाधुन्ध कानुन निर्माण गर्दा धेरै सहकारी जोखिममा परेकाले स्थानीय सरकारसँग समन्वयको अभाव, नीतिगत अस्पष्टता र केन्द्रीय निकायको अत्यधिक कडाइका कारण सहकारीको भविष्य अन्योलमा परेको उहाँले टिप्पणी गर्नु भयो। कार्यक्रममा सङ्घका उपाध्यक्ष सोमनाथ सापकोटाले सहकारी आन्दोलनलाई व्यावसायिक, उत्पादनमुखी र सहकार्यमा आधारित बनाउनु पर्ने आवश्यकता औंल्याउनु भयो। वित्तीय पहुँचलाई उत्पादनमा लगानी गर्नुपर्ने, कृषि उत्पादन, प्रशोधन र बजारीकरणमा सहकारी सक्रिय हुनुपर्ने उहाँको जोड थियो। राष्ट्रिय सहकारी बैंक लुम्बिनी प्रदेश प्रमुख नारायण बेल्वासेले सहकारीसम्बन्धी प्रशिक्षण प्रस्तुत गर्नु भयो। बेलबासेका अनुसार नेपालमा हाल ३२ हजार ९ सय ६५ सहकारी संस्था सञ्चालनमा छन् ।

ती संस्थामार्फत १० हजार तीनसय ६५ जनाले प्रत्यक्ष रोजगारी पाएको बेलबासेले बताउनु भयो। बचत तथा ऋण सहकारी सङ्घका अध्यक्ष श्यामकुमार पाण्डेले सुशासन भनेको असल पद्धति भएको उल्लेख गर्दै शेयर सदस्यको अपेक्षा अनुसार काम गर्नु नै सहकारीको अनुशासन र मूल्य–मान्यता भएको बताउनु भयो। साधारणसभामा लेखा सुपरिवेक्षण समिति संयोजक गोपालप्रसाद पाण्डेले लेखा प्रतिवेदन प्रस्तुत गर्नु भयो। गोरखापत्र

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...