एक करोड ६४ लाखभन्दा बढी भेटी सङ्कलन

Published on

काठमाडौं । ताप्लेजुङमा रहेको प्रसिद्ध धार्मिकस्थल पाथीभराबाट चालु आर्थिक वर्षमा १ करोड ६४ लाख १५ हजार ६ सय रुपियाँ भेटी सङ्कलन भएको छ । चालु आर्थिक वर्षको साउन महिनादेखि मंसिर महिनासम्म पाँच महिनामा उक्त रकम बराबरको भेटी सङ्कलन भएको हो। समितिका कार्यकारी निर्देशक प्रजिन हाङ्बाङका अनुसार साउनमा १० लाख ३९ हजार, भदौमा ९ लाख ९७ हजार, असोजमा ३३ लाख ८२ हजार, कात्तिकमा ३४ लाख ४८ हजार ५ सय रुपियाँ र मङ्सिरमा ७५ लाख ४९ हजार १ सय रुपियाँ भेटी सङ्कलन भएको छ । चालु आर्थिक वर्षको सबैभन्दा बढी मङ्सिरमा भेटी सङ्कलन भएको हो ।

यस्तै, गत आर्थिक वर्षमा ३ करोड ११ लाख ६४ हजार ६ सय ७६ रुपियाँ र अघिल्लो आर्थिक वर्ष २०८०–८१ मा ३ करोड ९८ लाख ४१ हजार ९ सय ५८ रुपियाँ भेटी रकम सङ्कलन भएको कार्यकारी निर्देशक हाङ्बाङको भनाइ छ। तीर्थयात्रीले मन्दिरमा चढाएको भेटी रकम समितिका कर्मचारीले नेपाल प्रहरीको रोहबरमा सङ्कलन गरी पोकामा लाहाछाप लगाई फेदीमा ल्याएर जम्मा गर्ने गरेका छन् । फेदीमा सङ्कलन गरी फुङलिङमा रहेको कार्यालयमा ल्याएर दैनिक गणना गरी बैँकमा जम्मा गर्ने प्रचलन छ । कर्मचारीले कार्यालय समयमा प्रहरी तथा सिसिटिभीको निगरानीमा भेटी गणना गर्ने गरी समितिले व्यवस्थापन गरेको छ।

चालु आवमा झण्डै १ लाख तीर्थयात्री

चालु आर्थिक वर्षको ५ महिनामा झण्डै १ लाख तीर्थयात्री पाथीभरा दर्शनका लागि आएका छन् । समितिका अनुसार मङ्सिरमा १९ हजार १ सय ८१ जना भक्तजन पाथीभरा पुगेका छन् । यस्तै, सबैभन्दा बढी चालु आर्थिक वर्षको कात्तिकमा ४२ हजार २ सय ६१ र सबैभन्दा कम साउनमा २ हजार १ सय ४६ जना भक्तजन मन्दिर पुगेका छन् । कात्तिक प्रमुख सिजन भएको बढी दर्शनार्थी आएको र साउनमा बाढी पहिरोको जोखिम भएको कम आएको समितिको भनाइ छ । त्यस्तै, चालु आवको भदौमा ४ हजार ५ सय ३ जना र असोजमा २९ हजार १ सय ७४ जना भक्तजन मन्दिर दर्शनका लागि आएका छन् ।

तीर्थयात्रीको गणना समितिका कर्मचारीमार्फत माथिल्लो फेदीमा दैनिक रुपमा हुनेगरेको छ । गत आर्थिक वर्षमा २ लाख १७ हजार ८ सय ७६ जना र अघिल्लो आर्थिक वर्षमा २०८०–८१ मा २ लाख ३१ हजार ३ सय ३४ जना तीर्थयात्रीले मन्दिर दर्शन गरेका थिए । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...