पोषण प्याकेजले मातृ स्वास्थ्यप्रति बढाउँदै सचेतना

Published on

काठमाडौं । लहान नगरपालिकामा विगत वर्षदेखि नै प्रत्येक महिनाको २२ गते वितरण गर्ने सुत्केरी तथा गर्भवति महिलाको स्वास्थ्य अवस्थामा सुधार र स्वस्थ्य शिशु जन्माउने उद्देश्यले वितरण गरिरहेको पोषण प्याकेज प्रभावकारी हुँदै जान थालेको छ । लहान नगरपालिका स्वास्थ्य शाखा प्रमुख बिन्देश्वर चौधरीको अनुसार मातृ स्वास्थ्य अन्तर्गत लहान नगरपालिका स्वास्थ्य संयोजक समेत रहनुभएको नगरप्रमुख महेशप्रसाद चौधरी निर्वाचित भएर आएपछि वितरण गर्न थालिएको पोषण प्याकेज कार्यक्रम सुरुमा प्रचारात्मक मात्रै भएको बुझिएका घर परिवार समाज र सुत्केरी तथा भर्ववति महिलाले समेत चासो लिन थालेको सुनाउनुभयो । 

‘‘सुरुमा अरुचि राख्नेहरु अब यस कार्यक्रममा जोडिएर सचेत हुन थालेका छन् । कार्यक्रमलाई प्रभावकारी बनाउन महिला स्वयमसेविकाहरुको भूमिका राम्रो छ’’ उहाँले भन्नुभयो । गर्भवति भएपछि नै नियमित जाँच गराउनु पर्ने, गर्भधारण गरेपछि नियमित स्वास्थ्य चौकीमा आइ जँचाउने आइरन चक्की लिइने गर्भमा बच्चाको अवस्था कस्तो रहेको लगायतको सेवासँग जोडन लहान नगरपालिकाले १० किलो चामल, एक किलो दाल, दुई किलो गेडागुडी, एक लिटर तेल र एक किलो नुनको प्याकेज बनाएर लहान नगरपालिकाले वितरण गर्दैआएको छ । 

कार्यक्रमबाट निकै लाभान्वित र प्रभावित भएको पोषण प्याकेज लिन आएका महिलाले बताउनुभयो । अब गर्भवति र सुत्केरी महिलाहरु स्वास्थ्य चौकीसम्म मात्रै आउने गरेको छैन मोवाइल नम्बरमका समेत स्वस्थ्य मातृत्वको लागि सल्लाह लिन थालिएको श्वास्थ्य शाखाका वरिष्ट महिला अनमि रिता यादवले बताउनुभयो । गोरखापत्र

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...