सञ्चारमन्त्री खरेल र राप्रपा अध्यक्ष लिङ्देनबिच भेटवार्ता

Published on

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनबिच भेटवार्ता भएको छ । ललितपुर लुभुलामाटारस्थित लिङ्देन निवासमा आज बिहान उहाँहरू बिचमा भएको भेटघाटमा आसन्न प्रतिनिभिसभा निर्वाचन, समसामयिक राजनीतिक अवस्थालगायतका विषयमा कुराकानी भएको थियो । भेटपछि सञ्चारमन्त्री खरेलले निर्वाचन सम्पन्न गर्न सरकारले सम्पादन गर्नुपर्ने काम उच्च प्राथमिकताका साथ गरिरहेको जानकारी दिनु भयो । सो अवसरमा राप्रपा अध्यक्ष लिङ्देनले निर्वाचनका लागि राप्रपा प्रतिबद्ध रहेको बताउनु भएको थियो । सरकारका प्रवक्ता समेत रहनु भएका मन्त्री खरेलले  निर्वाचनको वातावरणका लागि यसअघि प्रमुख राजनीतिक दलका नेताहरूसँग निवासमै पुगेर भेटवार्ता गर्नु भएको थियो । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...