कामादको अध्यक्षमा सहन्यायाधिवक्ता निरौला

Published on

काठमाडौं । उच्चपदस्थ निजामती कर्मचारीहरूको साझा संस्थाको रूपमा रहेको प्रशासन, व्यवस्थापन तथा विकास केन्द्र (कामाद) को अध्यक्षमा नेपाल सरकारका सहन्यायधिवक्ता कोषहरि निरौला चयन हुनु भएको छ। काठमाडौँमा सम्पन्न साधारण सभाले कामादको अध्यक्षमा निरौलालाई सर्वसम्मत चयन गरेको हो । उपाध्यक्षमा फडिन्द्र दाहाल, महासचिवमा एकनाथ बास्तोला, सचिवमा देवनारायण पौडेल र निराजन पाण्डे, कोषाध्यक्षमा राजेन्द्रराज ओझा र सङ्गठन विभाग प्रमुखमा दिव्यराज पोखरेल चयन हुनु भएको छ। 

त्यसैगरी, केन्द्रको सदस्यहरूमा दिवस आचार्य, बिन्दु धामी रावल, नवराज जैसी, तेजकुमार केसी, छविलाल पौडेल, अनिल खनाल, सुबोधकुमार शाह, निर्माणकुमार कार्की, मोहनबहादुर थापा मगर र बैकुण्ठ उपाध्याय चयन हुनु भएको छ । संस्थाको निवर्तमान अध्यक्ष डिल्ली शिवाकोटी रहनु भएको छ । विसं २०५४ सालमा स्थापना भएको कामादले निजामती कर्मचारीहरूको उच्च पदस्थ तहलाई समन्वय गर्दै सार्वजनिक प्रशासनको क्षेत्रमा सुधारका लागि समन्वयात्मक  कार्यहरू गर्नुका साथै सेवामा रहेका अधिकृतहरूको क्षमता अभिवृद्धि सम्बन्धी कार्यहरू सञ्चालन गर्दै आएको छ। 

नवनिर्वाचित समितिले प्रशासनिक क्षेत्रको सुधारका साथै अधिकृतहरूको दक्षता र क्षमता अभिवृद्धिको क्षेत्रमा काम गर्ने र कामाद जर्नल प्रकाशनलाईसमेत निरन्तरता दिने अध्यक्ष निरौलाले बताउनु भयो । गोरखापत्र

spot_img

ताजा समाचार

मतदान केन्द्रमा मोबाइल, क्यामेरा नलग्न कञ्चनपुर प्रशासनको आग्रह

काठमाडौं । बिहीबार हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा मोबाइल, क्यामेरा लगायतका निषेधित सामग्री साथमा...

पूर्वी लेबनानको बालबेकमा इजरायली हवाई आक्रमण, चारको मृत्यु, छ जना घाइते

काठमाडौं । इजरायली विमानले पूर्वी लेबनानको बालबेक सहरको आवासीय भवनलाई लक्षित गरी आक्रमण गर्दा...

तनहुँ प्रशासनका अत्यावश्यक सेवा फागुन २५ सम्म स्थगित

काठमाडौं । बिहीबार हुने हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि कर्मचारीहरू खटिनुपर्ने भएपछि जिल्ला...

निर्वाचन विरोधीलाई सिधै अदालतमा पेश गर्छौंः गृहमन्त्री

काठमाडौं । अन्तरिम सरकारका गृहमन्त्री ओमप्रकाश अर्यालले ‘प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२’ का लागि...