माटोका मूर्ति बनाउन भ्याइनभ्याइ

Published on

काठमाडौं । सप्तरीका विष्णुपुर गाउँपालिका वडा ५ का ४० वर्षीया प्रभु मण्डललाई यतिबेला मूर्ति बनाउन भ्याइनभ्याइ छ । सरस्वती पूजा नजिकिँदै गएपछि उहाँलाई मूर्ति बनाउन भ्याइनभ्याइ भएको हो । विद्याकि देवी सरस्वती पूजा नजिकिपछि पछिल्लो १५ दिन यता उहाँको दिनचर्या मूर्ति बनाएरै बित्ने गरेको छ । हाल उहाँ राजविराज ७ स्थित शिव मन्दिरको अगाडि मूर्ति बनाउन व्यस्त रहँदै आउनुभएको छ । अहिले मुर्ति बनाउने व्यस्तता बढेपनि वर्ष भरि यहि काम गरेर गुजारा गर्दै आएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, मूर्ति बनाएरै ६ जना परिवारको गुजारा गर्दै आएको छु । दुई दशकअघि भारतको सिल्ली गुडीबाट माटोको मुर्ति बनाउने कला सिकेर आएपछि यहीँ पेशामा निरन्तर लागेर जीविकोपार्जन गर्दै आएको उहाँले बताउनुभयो ।

संस्कृति चाँडपर्वको धनी मधेशमा मूर्ति बनाउने कामबाट कहिले फुर्सद नहुने गरेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, विजयादशमी, दिपावली, छठ, सरस्वती पुजा, विश्वकर्मा पूजा, रामनवमी, चैते दशैँ, कृष्णाअष्टमी लगायतको चाडपर्वमा माटोको मूर्ति बनाउँदै आएको छु । दशैं, दिपावली, कृष्णााअष्टमी, चैते दशैंंमा अडर अनुसार घर वा मन्दिरमा गएर बनाउने र एक ठाउँको मात्र ३५ देखि ५० हजार लिने गरेको उहाँले बताउनुभयो । दुई जना मिलेर एउटा चाँडपर्वमा दस ठाउँसम्म बनाउन भ्याउने गरेको उहाँको सहयोगी रामलाल मण्डलले बताउनुभयो । घर र मन्दिरमा माटोको मूर्ति बनाउँदा एक सिजनमा ४ लाख देखि ५ लाख आम्दानी हुँदै आएको उहाँले बताउनुभयो । सरस्वती पुजा लगायतमा २ देखि ३ लाख आम्दानी हुँदै आएको उहाँले बताउनुभयो । यसपालि सरस्वती पूजाको लागि १ सय वटा मुर्ति बनाएको र कम्तीमा २ हजार ५ सय र बढीमा १० हजारसम्ममा प्रतिमुर्ति बेच्दै आएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, सबैभन्दा बढी १० हजार मूल्य पर्ने ४ वटा मुर्ति बनाएको छु । मूर्ति र आकार र डिजाइन अनुसार मूल्य हुन्छ । बनाएको अधिकांश मुर्तिको एडभान्स आउने क्रम जारी रहेको उहाँले बताउनुभयो । नबिकेको मूर्ति के गर्नुहुन्छ ? भन्ने प्रश्नमा उनले जवाफ दिँदै भने पुजा गरेर सेलाई दिन्छु । मूर्तिका बनाउनका लागि माटो भने नदीबाट ल्याउने गरेको उहाँले बताउनुभयो । मूर्ति बनाउने दर्जनौं कलाकार रहेको यस जिल्ला सरस्वती पूजा नजिकिँदै जाँदा राजविराज नगरपालिका सहित जिल्लाको विभिन्न पालिकाको बिभिन्न स्थानमा कलाकारहरूको मूर्ति बनाएर बिक्री वितरण गर्दै आएका छन् ।

सप्तरीको अधिकारकर्मीको रूपमा परिचित अधिकारकर्मी विष्णु पोखरेलले हाम्रो देशका यस्ता मेहेनति कलाकारको परिश्रमको सम्मान गरि व्यावसायिक रूपमा स्थापित हुन थप सहयोग गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो । सरस्वती पूजाको १०-१५ दिन अगाडि मूर्ति छान्ने, एडभान्स दिने र सरस्वती पुजाको अघिल्लो दिन पूरा रकम तिरेर पुजा गर्ने स्थानमा मुर्ति लगेर राख्ने चलन रहेको स्थानीय मनु खनालले बताउनुभयो । मधेससहित जिल्लामा विद्यालय शैक्षिक संस्थानहरूमा मात्र नभएर टोलमा पैसा उठाएर समूहमा तथा घरघरमा समेत विद्याकि देवी सरस्वतीको धुमधामले पूजा गर्ने चलन रहेको छ । गोरखापत्र

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...