निर्माणाधीन ड्याम साइडमा मेसिनले च्यापिँदा एकको मृत्यु

Published on

काठमाडौं । तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारस्थित तनहुँ जलविद्युत आयोजनाको निर्माणाधीन ड्याम साइडमा मेसिनले च्यापिँदा एक कामदारको मृत्यु भएको छ भने पृथ्वी राजमार्गको ठुलोढुङ्गामा भएको अर्को दुर्घटनामा एक पैदल यात्री गम्भीर घाइते भएका छन् । जलविद्युत आयोजनाको निर्माणस्थलमा कालिका कन्स्ट्रक्सनमार्फत कार्यरत व्यास नगरपालिका–५ निवासी २५ वर्षीय महेन्द्र थापाको मृत्यु भएको हो । गिट्टी सम्याउने काम गरिरहेको अवस्थामा अचानक एक्साभेटर ब्याक हुँदा एक्साभेटर र टिपरको बीचमा च्यापिएर गम्भीर घाइते भएका थापालाई तत्काल उपचारका लागि रत्नहरी अस्पताल दमौली लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।

जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक श्रवणकुमार बिकका अनुसार घटनामा संलग्न बा।प्र।०६–००१ क ०२५१ नम्बरको टिपर, इ एक्स ०६६ नम्बरको एक्साभेटर तथा टिपर चालक चितवनका ३३ वर्षीय जीवन कुमार गोले र एक्साभेटर चालक बर्दियाका २२ वर्षीय विशाल थारुलाई  नियन्त्रणमा लिइएको छ । प्रनाउ बिकले घटनाको पुष्टि गर्दै भन्नुभयो, “तनहुँ जलविद्युत आयोजनामा कार्यरत मजदुरको काम गर्ने क्रममा मेसिनले च्यापिएर मृत्यु भएको हो, हामीले सवारी साधन र चालक दुवैलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेका छौँ।’’  मृतकको शव हाल दमौलीस्थित प्रदेश अस्पतालको शवगृहमा राखिएको छ । त्यसैगरी, सोही साँझ करिब ६ः२० बजे बन्दिपुर गाउँपालिका–४ ठुलोढुङ्गास्थित पृथ्वी राजमार्गमा सवारी साधनले ठक्कर दिँदा पैदल यात्री ५५ वर्षीय कुलदेव शाह गम्भीर घाइते भएका छन् । भारत घर भई हाल सानो डुम्रे बस्दै आएका शाहलाई ठक्कर दिने सवारी साधनको खोजी गर्ने क्रममा प्रहरीले राति ८ः३० बजे ग १६ प १६५३ नम्बरको मोटरसाइकल र चालक सोम बहादुर आलेलाई नियन्त्रणमा लिएको छ । 

टाउकोमा गम्भीर चोट लागेका शाहलाई डुम्रेमा सामान्य उपचारपछि थप उपचारका लागि चितवन मेडिकल कलेजमा रिफर गरिएको र उहाँको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...