सिमकोटमा पेट्रोलपम्पको अनुगमन

Published on

काठमाडौं । हुम्ला जिल्लाको सदरमुकाम सिमकोटमा पेट्रोलपम्पहरूको अनुगमन गरिएको छ । आधिकारीक रूपमा दर्ता भएका तर व्यवस्थित नभएका पेट्रोलपम्पहरूको अनुगमन गरिएको हो । देशका ७७ वटै जिल्ला मध्य अन्तमा राष्ट्रिय सडक सञ्जालसँग जोडिएको हुम्ला जिल्लामा पनि पेट्रोलपम्पहरू दर्ता गर्ने प्रक्रिया दिनप्रतिदिन बढ्दै गएको छ । सोही पेट्रोलपम्पको पुस २२ गते मङ्गलबारका दिन सहायक प्रमुख जिल्ला अधिकारी राजेन्द्र कुमार चन्दको संयोजकत्वमा तीन वटा पेट्रोलपम्पको अनुगमन गरिएको हो । जसमा दुई वटा पेट्रोलपम्पको भने आधिकारीक दर्ता गरिएको देखिएको छ । भने एउटा पेट्रोलपम्प दर्ता प्रक्रियामा रहेको सहायक प्रमुख जिल्ला अधिकारी राजेन्द्रकुमार चन्दले बताउनु भयो ।

उहाँका अनुसार पेट्रोलपम्प घरभन्दा केही फरक स्थानमा हुनु पर्नेमा घरसँगै जोडेर राखेको पाइएको छ । जसले गर्दा आगलागीको जोखिम हुने बढी सम्भावना रहेको छ । बजारमै पेट्रोल राखेका कारण कुनै भव्यतव्य घटना हुनसक्ने भन्दै फर्मका प्रोप्राइटरहरूलाई सचेतीकरण गर्ने उद्येश्यले उक्त पेट्रोलपमको अनुगमन गरिएको उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयका प्रमुख अर्जुन जोसीले बताउनु भयो । बजारमा राधिका आयल स्टोर, दुर्गा भवनी आयल स्टोर आधिकारीक रूपमा दर्ता गरिएको भए पनि अव्यस्थित रहेको पाइएको छ । त्यस्तै एमडी महादेव आयल स्टोर एन्ड सप्लायर्स दर्ता प्रक्रियामा भए पनि पेट्रोल भने बिक्री गर्दै आएको छ । उक्त पेट्रोल पनि अव्यवस्थित तरिकाले जोखिम अवस्थामा भेटिएको हो ।

बजार भन्दा करिब ३-४ किलो मिटर टाढा लाक्ना र होमाने खोला आसपासमा पेट्रोलपम्पका लागि दुई वटा घर निर्माण गरिएको भए पनि ति घरहरू प्रयोगविहिन बनेका छन् । उक्त घरबाटै पेट्रोल तथा डिजेल बिक्री नगरेर बजारबाटै बिक्री गरेको पाइएको छ । पछिल्लो समय आगलागीका घटनाहरू वृद्धि हुन थालेपछि सरोकारवाला निकायले यसको न्युनीकरण हुनु पर्ने भन्दै पूर्व सचेतना गर्ने अभियानको थालनी गरेको छ । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...