गुल्मी जिल्ला समाज युकेको ५ लाख सहयोग

Published on

काठमाडौं । हरेक बिपद्, विपन्न र बिरामीहरुलाई सहयोग गर्दैआएको गुल्मी जिल्ला समाज युकेले पाँच लाख विभिन्न संस्था र व्यक्तिहरुलाई सहयोग गरेको छ । गुल्मी जिल्ला समाज युकेले आशा अपाङ्ग केन्द्र र सत्यवती बहुमुखी क्याम्पसलाई एक–एक लाख रुपियाँ सहयोग गरेको हो । त्यस्तै रेडियो पुष्पाञ्जलीलाई ५० हजार, रुरुक्षेत्र अटिजम पाठशालालाई ५० हजार, सत्यवती गाउँपालिका –४ का अशक्त इश्वर शर्मा र अनुज ज्ञवालीलाई ५०–५० हजार रुपियाँ सहयोग प्रदान गरिएको समाजले जनाएको छ । 

इस्मा गाउँपालिका –३ की बिना नेपाली र गुल्मीदरबार –५ का नेत्रबहादुर रानालाई पनि ५०–५० हजार रुपियाँ सहयोग गरिएको समाजका अध्यक्ष रुद्र थापाले जानकारी दिनुभयो । रेसुंगा नगरपालिकामा प्रमुख खिलध्वज पन्थीमार्फत समाजका अध्यक्ष थापा आफैले लाभग्राही संस्था र व्यक्तिलाई सहयोग प्रदान गर्नुभएको थियो । गुल्मीबाट युकेमा बस्ने गुल्मेलीहरुले हरेक बर्ष अपाङ्गता दिवसको अवसरमा च्यारिटी सो गरेर जम्मा गरेको रकम जिल्लाका विपन्न, बिरामी, बिपद् पीडित र अपाङ्गता भएका व्यक्तिहरुलाई सहयोग गर्दैआएको गुल्मी जिल्ला समाज युकेका अध्यक्ष थापाले बताउनुभयो । उहाँले आगामी दिनमा अपाङ्गता भएका व्यक्तिहरुको सीपको लागि सहयोग गर्ने र अक्षयकोषमार्फत सामाजिक काम गर्ने योजना अगाडि बढाएको बताउनुभयो । इस्मा गाउँपालिका –३ की बिना नेपालका लामो समयदेखि दुवै खुट्टा र दायाँ हात चल्दैनन् । उहाँ अरुको सहारामा मात्र हिडडुल गर्न सक्नुहुन्छ । ४२ वर्षीय नेपालीलाई आशा अपाङ्ग केन्द्रले अपाङ्गमैत्री शौचालय र खानेपानीको व्यावस्था गरिदिएको छ।

गुल्मी जिल्ला समाज युकेले ५० हजार रुपियाँ नगद सहयोग गरेपछि बिना खुसी हुनुभयो । दुर्घटनामा परेर मेरुदण्डको समस्या झेलेर बिस्तारामा रहनुभएका गुल्मीदरबार गाउँपालिका –५ अमरअर्बाथोकका २४ वर्षीय रविन रानाका बुबामार्फत समाजले आर्थिक सहयोग गरेको छ । आशा अपाङ्ग केन्द्र गुल्मीका अध्यक्ष जनार्दन घिमिरेले गुल्मी जिल्ला समाज युकेले विगतदेखिनै सहयोग गर्दै आइरहेको बताउनुभयो । रेसुंगा नगरपालिकाका प्रमुख खिलध्वज पन्थीले विदेशमा रहेर पनि स्वदेश र अशक्त तथा असहायलाई सहयोग गर्नु निकै महत्त्वपूर्ण काम भएको बताउनुभयो। उहाँले आफुहरुले कमाएको थोरै रकम जम्मा गरेर पनि पीडितको पीडामा मलहम लगाउन सकेकोमा समाजलाई धन्यवाद दिनुभयो । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...