प्रहरी कर्मचारीलाई योग प्रशिक्षण

Published on

काठमाडौं । जिल्ला प्रहरी कार्यालय पाँचथरमा योग विज्ञान शिविर आयोजना गरिएको छ । पतञ्जली योग समिति पाँचथर र जिल्ला प्रहरी कार्यालयको सहकार्यमा त्यहाँ कार्यरत प्रहरी कर्मचारीका लागि त्रि-दिवसीय योग विज्ञान शिविर सञ्चालन गरिएको हो । पुस २१ गते सुरु भएको शिविर २३ गते सम्पन्न भएको थियो । शिविरमा योग, ध्यान र प्राणायमका व्यवहारिक र सैदान्तिक अभ्यास गराउनका साथै तिनको विधि पद्वती र फाइदाका विषयमा चर्चा गरिएको थियो ।

शिविरमा ४० जना प्रहरी कर्मचारी सहभागी भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमूख-अनिषकुमार कर्णले जानकारी दिनु भयो । शिविरमा पतञ्जली योग समिति पाँचथरका अध्यक्ष हरिप्रकाश सुवेदी, केन्द्रीय सदस्य शान्ता गौतम, कोशी प्रदेश सदस्य सीता खतिवडा,जिल्ला उपाध्यक्ष कमल बाँस्कोटा,महामन्त्री खड्ग बोहोरा, जिल्ला सदस्यहरू जयप्रकाश बाँस्कोटा, बेधनीधि लुइटेल, महिला समिति सङ्गठन सचिव मुना स्याङवो महिला पतञ्जली योग समिति कोशी प्रदेश सोसल मिडिया प्रभारी टिका ढुङ्गाना र पतञ्जली योग समिति पाँचथरका सोसल मिडिया प्रभारी लक्ष्मी गौतम लगायतले प्रशिक्षण दिनु भएको थियो ।

सहभागी प्रहरी कर्मचारीले योग विज्ञान शिविर उपलव्धि मुलक भएको प्रतिक्रिया सहित योग साधनालाई निरन्ततरता दिने प्रतिबद्वता जनाएका छन् । शिविरमा प्रशिक्षण गर्ने संस्था र सहभागी प्रहरी कर्मचारीलाई जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायब उपरीक्षक कर्णले धन्यवाद दिनु भयाे । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...