एनएमबी बैंकमा तालाबन्दी

Published on

काठमाडौं । एनएमबी बैंक कञ्चनपुरको झलारी बजारमा रहेको शाखामा जेनजी युवा संघर्ष समितिले तालाबन्दी गरेको छ । शुक्लाफाँटा नगरपालिका –१० का अजय विकको घरजग्गा दलालसँग मिलेमतोमा लिलाम गरी परिवारलाई बिचल्लीमा पारेको भन्दै एनएमबी बैंकमा तालाबन्दी गरिएको हो । जेनजी युवाहरुले तालाबन्दी गर्नुपूर्व विकको धितो लिलामसम्बन्धी इलाका प्रहरी कार्यालयमा बैंकका प्रतिनिधिहरु र जनप्रतिनीधिहरुसँग छलफल गरेका थिए । शुक्लाफाँटा नगरपालिका –१० का वडा अध्यक्ष लालबहादुर ऐरले बैंकले झुक्याएर घर बाटो सिफारिश लिएको भन्दै उक्त सिफारिस रद्द गर्न अर्को पत्र लेखेको बताउनुभयो । यता एनएमबी बैंक कञ्चनपुरको झलारीबजार शाखाका प्रमुख दीपक कार्कीले प्रक्रियागत रुपमा घर लिलामी गरेको दावी गर्नुभयो । उहाँले बैकमा तालाबन्दी गर्नुभन्दा ऋणीलाई कानुनी प्रक्रियाबाट समस्या समाधान खोज्न आग्रह गर्नुभयो । 

जेनजी संघर्ष समितिका अगुवा सिजनबहादुर सिंहले जग्गाको काम गर्ने धिरेन्द्र साउँदसँग मिलेर बैंकका कर्मचारीको मिलेमतोमा घर लिलामी गरेको कारण तालाबन्दी गरेको बताउनुभयो । उहाँले पीडितले न्याँय नपाउन्जेलसम्म तालाबन्दी र संघर्षका कार्यक्रम जारी राख्ने बताउनुभयो । अजय बिकले शुक्लाफाटा नगरपालिका –१० झलारी बजारमा रहेको पाँच धुरमा बनेको साढे तीन तलाको घर झलारी बजारमै रहेको एनएमबि बैंकको शाखामा धितोमा राखि २०७५ साल कात्तिक २० गते होमलोन शिर्षकमा २९ लाख ५० हजार ऋण लिनुभएको थियो ।  

१५ वर्षको कर्जा भुक्तानी अवधी राखी लगेको सो ऋणको पाँच बर्षमा विभिन्न समयमा साँवा र व्याज गरी १० लाख तिरिसकेको उहाँको बैंक स्टेटमेन्टबाट देखिन्छ । तर बैंकले पत्रमा अहिलेसम्म किस्ता नै नतिरेको उल्लेख गरेको छ । विकले लिएको २९ लाख ५० हजार दिएको ऋण रकम धितो दृष्टिबन्धक लिखतमा भने ३७ लाख उल्लेख गरिएको छ । बैंकले विकलाई दिएको कर्जा स्वीकृत प्रस्तावमा भने २९ लाख ५० हजार ऋण उल्लेख छ । बिकले ऋणका लागि आफ्नी धर्मपत्नी ज्ञानु विश्वकर्माको नाममा भएको झलारीस्थित ६१६ नम्बर कित्ताको जग्गा र त्यसमा बनेको घर धितो राखेका थिए । त्यहीं धितो रोक्का गरी बैकले विकलाई ऋण दिएको थियो ।

बैंकबाट लिएको २९ लाख ५० ऋणलाई बैंकले महेन्द्रनगर शाखाबाट २०७५ मा ३७ लाख ऋण लिएर किस्ता तिर्न आनाकानी गरेको भन्दै २०८० मा उहाँको घर लिलाम गरेको थियो । बैंकले लिलामीका लागि १५ दिने सूचना निकालेको थाहा पाएपछि अजयले लिलामी नगरिदिनु भनी ३ लाख नगद र एक लाखको चेक बोकेर एनएमबि बैंकमा जाँदा पनि पैसा नबुझेको उहाँको आरोप छ । बैंकले आफूलाई ऋण तिर्न समय नदिई जग्गा दलालसँग सेटिङ्ग गरी घर लिलाम गरेको भन्दै विक परिवार आपत्ति जनाएको छ । गोरखापत्र

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...