निजी क्षेत्रको नेतृत्वमा दिगो आर्थिक विकास सम्भव : मन्त्री सिन्हा

Published on

काठमाडौं । अन्तरिम सरकारका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले निजी क्षेत्रको नेतृत्वमा हुने दिगो आर्थिक वृद्धि नै नेपालको समृद्धिको मुख्य आधार भएको बताउनु भएको छ । बिहीबार काठमाडौँमा आयोजित ‘व्यापार तथा लगानी डायग्नोस्टिक्स’ सम्बन्धी छलफलमा बोल्दै उहाँले यस्तो बताउनु भएको हो । उहाँले नेपालको आर्थिक भविष्यका लागि युरोपेली सङ्घ (इयू) सँगको व्यापारिक र लगानी सम्बन्धलाई थप बलियो बनाउनु पर्नेमा जोड दिनु भयो । मन्त्री सिन्हाले नेपाल र युरोपेली सङ्घ (इयू) बिचको ऐतिहासिक सम्बन्धलाई आर्थिक साझेदारीमा बदल्नुपर्ने धारणा राख्नु भयो । नेपाली र युरोपेली व्यावसायिक समुदायलाई एकै ठाउँमा ल्याएर लगानीकर्ताहरूबिचको सम्बन्ध सुदृढ बनाउनु र व्यापारिक गाँठो फुकाउनु आजको आवश्यकता रहेको उहाँको तर्क थियो । सिन्हाले नेपालको विकासको भिजन निजी क्षेत्रले नेतृत्व गरेको दिगो आर्थिक वृद्धिमा आधारित हुनु पर्नेमा जोड दिनु भयो । 

मन्त्री सिन्हाले भन्नु भयो, ‘नेपालको आर्थिक भविष्यका लागि महत्त्वपूर्ण विषयहरूमा सरोकारवालाहरूलाई एकै ठाउँमा ल्याएर संवाद गराउने यो पहल प्रशंसनीय छ । यो मञ्चले नेपाल र युरोपेली सङ्घबिच अनादिकालदेखि रहिआएको घनिष्ठ सम्बन्धलाई थप प्रगाढ बनाउन मद्दत पुग्ने छ । हामीले निजी क्षेत्रलाई प्रोत्साहन गर्दै दिगो आर्थिक विकासको बाटो रोज्नु पर्छ, जसले नेपाललाई समृद्ध बनाउने हाम्रो साझा लक्ष्य पूरा गर्न सहयोग पुर्‍याउने छ ।’कार्यक्रमले नेपाल र युरोपेली सङ्घबिचको व्यापारिक सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन र वैदेशिक लगानी भित्र्याउन आवश्यक नीतिगत सुधारका बारेमा ठोस दिशा प्रदान गर्ने अपेक्षा गरिएको छ । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...