कैलालीको नदीहरुमा ५४ डल्फिन भएको अभिलेख

Published on

काठमाडौं । कैलालीमा यसवर्ष ५४ वटा डल्फिन रहेको अभिलेख भएको छ । डल्फिन, जलचर तथा जैविक विविधता संरक्षण नेपालसँगको सहकार्यमा राष्ट्रिय प्रकृति संरक्षण कोष बर्दियाले यसवर्ष गरेको अध्ययनको क्रममा सो सङ्ख्यामा डल्फिन अभिलेख भएका हुन् । जसमा विहान १५ वटा र साँझ आठवटा अर्धवयस्क बच्चा देखा परेका थिए । डल्फिन अवलोकन सिजन चलेको बेला गत भदौमा कैलालीस्थित मोहना, पथरैया नदीमा टीकापुर, भजनी क्षेत्रमा अध्ययन गरिएको थियो । स्थानीय समुदायलाई तालिम दिएर उनीहरुको समेत सहभागितामा व्यवस्थित र वैज्ञानिक तरिकाले अध्ययन गरेको कोषको बर्दिया प्रमुख अजित तूम्बाहाम्फेले बताउनुभयो । 

उहाँका अनुसार जिपिएस समेतको प्रयोग गरेर साँझ–विहान अध्ययन गरिएको थियो । विश्वमै दुर्लभ गङ्गेटिक प्रजातिको डल्फिन मनसुनभरी कैलालीको नदीमा आउने गरेका छन् । नदीमा जलस्तर कम भएपछि भने पुनः तल्लो तटीय क्षेत्रमा फर्कने गरेका छन् । विगतमा स्थानीय संरक्षणकर्मीको अध्ययनले ६८ वटासम्म डल्फिन कैलालीमा अभिलेख गरेको थियो । त्यसको तुलनामा यो पटक कम डल्फिन पाइएको प्रमुख तूम्बाहाम्फेले बताउनुभयो । उहाँले अब हरेक वर्ष मोहना, पथरैया नदीमा डल्फिनको अध्ययन गर्ने उल्लेख गर्नुभयो । स्थानीयस्तरबाट डल्फिन संरक्षणका लागि भइरहेको प्रयास राम्रो रहेको कोषले जनाएको छ । नदी क्षेत्रमा हुने उत्खनन् रोक्न र फोहोरमैलाको उचित व्यवस्थापन गर्नसके अझ राम्रो हुने तूम्बाहाम्फेको भनाइ छ । कोषले मोहना नदीको कैलारी गाउँपालिका, धनगढी उपमहानगरपालिका लगायत माथिल्लो क्षेत्रमा अध्ययन नगरेको जनाएको छ । मनसुनमा डल्फिन धनगढी उपमहानगरपालिकाको फूलबारीसम्म पुग्नेगरेको सर्वसाधारणले बताउने गरेका छन् । विगतमा डल्फिन त्रिनगर भन्सारमा रहेको पुलमुनि क्षेत्रमा समेत मोहना नदीमा देखिएको डल्फिन संरक्षणकर्मी विजयराज श्रेष्ठले बताउनुभयो ।  

डल्फिन देखिने विभिन्न अवलोकन क्षेत्रमा अवलोकन विधिबाट अध्ययन गरिएको थियो । यो वर्ष गत वर्षको तुलनामा डल्फिनको बच्चा बढी अभिलेख भएको डल्फिन, जलचर तथा जैविक विविधता संरक्षण नेपालका अध्यक्ष भोजराज ढुङ्गानाले बताउनुभयो । उहाँका अनुसार डल्फिनको सङ्ख्या भने विगत वर्षको तुलनामा केही कम छ । २०७८ सालमा ६२ डल्फिन सूचीकरण भएका थिए । त्यस्तै, २०७९ मा ६८ वटा डल्फिन गणना गरिएको थियो । गतवर्ष ५० वटा डल्फिन अभिलेख भएको ढुङ्गानाको भनाइ छ । डल्फिन, जलचर तथा जैविक विविधता संरक्षण नेपालले केही वर्षदेखि नै स्थानीय स्तरबाट डल्फिन गणना गर्दैआएको छ । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...