राप्तीको आठौँ अधिवेशन सुरु, तीन विधेयक पेश

Published on

काठमाडौं । दाङको राप्ती गाउँपालिकाको दोस्रो गाउँसभाको आठौँ अधिवेशन सुरु भएको छ । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १९ तथा लुम्बिनी प्रदेशको गाउँ सभा–नगर सभाको (कार्य सञ्चालन) कार्यविधि ऐन, २०७६ को दफा ३ (१) बमोजिम विहीबारदेखि गाउँपालिका अधिवेशन सुरु भएको हो । राप्ती गाउँपालिका अध्यक्ष प्रकाश विष्टको अध्यक्षतामा सुरु भएको अधिवेशनको पहिलो बैठकमा सार्वजनिक महत्वका तीनवटा विधेयक पेश गरिएको छ । गाउँपालिकाका उपाध्यक्ष कमलापति चौधरीले आर्थिक वर्ष २०८२–८३ को बजेट तथा कार्यक्रमको रकमान्तर प्रस्ताव, सभाका सदस्य तथा आर्थिक विकास समिति संयोजक गेमे खड्काले राप्ती गाउँपालिकाको व्यवसाय दर्ता विधेयक र सुशासन विकास समिति संयोजक देवप्रसाद चौधरीले कर्मचारीहरूको सेवा, सुविधा तथा शर्त सम्बन्धी राप्ती गाउँपालिकाको करार सेवा विधेयक पेश गर्नुभएको छ ।

त्यसैगरी सभा सदस्य तथा सामाजिक विकास समिति संयोजक पहलवान चौधरीले राप्ती गाउँपालिकाको दलित सशक्तिकरणसम्बन्धी व्यवस्था विधेयक पेश गर्नुभएको छ । सभामा पेश गरिएका विधेयकहरू अधिवेशनको आगामी बैठकमा छलफल गरी निर्णयार्थ प्रस्तुत गरिनेछ । अधिवेशनको शून्य समयमा सभाका सदस्यहरूले जनतासँग प्रत्यक्ष सरोकार राख्ने विकास निर्माण, सेवा प्रवाह तथा जनजीविकासँग सम्बन्धित विविध विषयहरू उठान गर्नुका साथै सम्बन्धित रचनात्मक सुझावहरु राख्नु भएको थियो । गोरखापत्र

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...