हिटर, गिजर र न्यानो लुगाको बिक्री बढ्यो

Published on

काठमाडौं । यस वर्ष पुसको सुरुवातबाटै अत्यधिक बढेको जाडोले गर्दा नेपालगन्जमा हिटर, गिजरसहित कम्बल लगायतका न्यानो कपडाको बिक्री बढेको स्थानीय व्यवसायीहरूले जनाएका छन् । यस पटक छिट्टै चिसो सुरु भएर अत्यधिक बढ्दै जाँदा यहाँको जनजीवन प्रभावित बनेपछि विशेषगरी विद्युतीय हिटर, विद्युतीय तथा ग्यास गिजरको बिक्री तथा न्यानो कपडाको बिक्री बढेको नेपालगन्ज उद्योग वाणिज्य सङ्घले जनाएको छ । चिसो अत्यधिक बढेपछि अहिले नेपालगन्जमा विद्युतीय हिटर, विद्युतीय ग्यास, गिजर तथा न्यानो कपडाको व्यवसाय गर्ने व्यवसायीलाई भ्याइनभ्याइ रहेको नेपालगन्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष टङ्क धामीले बताउनु भयो । अध्यक्ष धामीका अनुसार विगत वर्षभन्दा पहिलो पटक यस वर्ष चिसो अत्यधिक भएपछि स्थानीय बजारमा स्टकमा रहेका हिटर, गिजर र न्यानो लुगाहरू बिक्री भइसकेकाले ती सामग्रीको अभाव भएको छ । 

तीन साताको अवधीमा मात्र नेपालगन्जमा करिब ५० हजार बढी हिटर र १५ हजार बढी गिजर बिक्री भएको अनुमान व्यापारीहरूले गरेका छन् । जाडो बढेपछि नेपाली मात्र नभई सीमापारीका सयौं भारतीय बासिन्दाले पनि यहाँ आएर हिटर र गिजर खरिद गरेको नेपालगन्ज सदरलाइनका व्यवसायी रमेश गुप्ताले बताउनु भयो ।  उहाँका अनुसार नेपालमा पाइने चाइनिज हिटर, विदेशी कम्बल र ज्याकेटहरू सस्तो तथा गुणस्तरीय भएकाले सीमापारी भारतका गोण्डा, लखीमपुर, नानपारा, बहराइच, रुपैडिहा र बाबागन्जका बासिन्दाहरू खरिद गर्न आउने गरेका छन् । सुरुमा चिसो खासै नबढ्ने अनुमान गरिएका कारण धेरै व्यवसायीले कम सामान राखेकोमा पछि माग अत्यधिक बढेपछि अर्डर गरेर धेरै सामान मगाइएको सदरलाइनकै अर्का व्यवसायी मनोज वैश्यले बताउनु भयो । दस दिनयता ठुलो परिमाणमा न्यानो लुगाहरू तथा कम्बल बिक्री भएको त्रिभुवन चोकका अर्का व्यवसायी दिनेश अग्रवालको भनाइ छ । विगतभन्दा यस पटक कम्बलहरू तेब्बर बढी बिक्री भएको उहाँले बताउनु भयो । माग धेरै भएकाले अहिले बजारमा हिटर, गिजर, न्यानो लुगा, कम्बल, ज्याकेट, स्वीटर र सिरक डस्नाको अभाव भएको उहाँको भनाइ छ । उता, विद्युत प्राधिकरण नेपालगन्ज वितरण केन्द्रले चिसो अत्यधिक बढेकाले केही दिनयता विद्युतको खपत बढ्दै गएको बताउनु भयो । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...