मुसिकोटका पहिरो प्रभावित १५ घरपरिवारले पाए लालपुर्जा

Published on

काठमाडौं । गत वर्षदेखि विस्थापित मुसिकोट नगरपालिका–१ थाम बिसौनाका पहिरो पीडित १५ घर परिवारले जग्गाधनी प्रमाणपत्र (लालपुर्जा) पाएका छन् । बिसौना गाउँनै पहिरोको उच्च जोखिममा रहेका कारण स्थानीय विस्थापित भएका छन् । विस्थापित परिवारलाई सुरक्षित ठाउँमा बसोबास गराउने उद्देश्यले मुसिकोट नगरपालिकाले मुसिकोट नगरपालिका–१ कै थाममा बस्ती स्थानान्तरणको काम अगाडि बढाएको छ ।  पहिरोका कारण बिसौनामा २०६४ र ०८१ सालमा गरेर १० जनाले ज्यान गुमाएका थिए । अहिले मुसिकोट नगरपालिका र लाभग्राहीको ५०÷५० लागत साझेदारीमा थामडाँडा नजिक नौ रोपनी १५ आना जग्गा खरिद गरिएको छ ।

मुसिकोट नगरपालिकाका प्रमुख जीवलाल खरेल ‘जीवन’ ले बस्ती स्थानान्तरणको प्रक्रिया अगाडि बढेको बताउनुभयो । अबको सक्रियता आवास र जीविकोपार्जनको भएकाले सबै काममा आफूहरू लागिपरेको खरेलले बताउनुभयो । आवास निर्माणका लागि सरकारका माथिल्ला निकायसँग समन्वय गर्ने र असम्भव भएका नजिकको सरकार भएकाले नगर आफैँले काम अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले डेढ वर्षमा भर्खर सुरक्षित ठाउँमा जग्गा पाएले निराश नभएर आफ्न तर्फबाट सकेको काम गर्न लाभग्राहीलाई आग्रह गर्नुभयो । कित्ताको जग्गा अनुसार एक लाखदेखि एक लाख ५० हजार रुपियाँसम्म लाभग्राहीले बुझाएका छन् । लाभग्राही र नगरपालिकाले गरेर ३५ लाखमा जग्गा खरिद गरिएको स्थानीय तथा मुसिकोट नगरपालिकाको कार्यपालिका सदस्य प्रतिमा केसीले जानकारी दिनुभयो ।  केसीका अनुसार गाउँ छोडेका १५ घर परिवारको लागि नगरले गत वर्षदेखि भाडामा घर खोजेर राखिरहेको थियो । पहिरो पीडित फूलमती विकलाई चाँडै घर चाहिएको छ । पाँच जनाको परिवार गाउँ छोडेर अरुको बस्न थालेकाे डेढ वर्ष भयाे । 

बसाइ एकातिर बारी अर्कातिर हुँदा समस्या धेरै छन् । ऋण खोजेर जग्गाको लागि पैसा बुझाए पनि घर कसले बनाउने भन्ने टुङ्गो नभएको विकले गुनासो गर्नुभयो । भिरालो र कच्ची जमिन भएका कारण पटकपटक स्थानान्तरण गर्नुपर्ने बाध्यता थियो । २०÷२२ घर नै बविस्थापित हुने अवस्था भए पनि अहिले १५ घरलाई जग्गा व्यवस्थापन गरिएको मुसिकोट नगरपालिका–१ का वडाध्यक्ष आनन्द श्रेष्ठले जानकारी दिनुभयो । उहाँले कसैले ५० प्रतिशत रकम जम्मा गर्न नसक्ने अवस्था र केही बाहिर भएकाले सबैलाई प्रक्रियामा समावेश गर्न नसकिएको बताउनुभयो । जिल्लाका अधिकांश दलित बस्ती बिकुना र अप्ठ्यारोमा भएका कारण पहिरोकाे ठूलो जोखिम छ । गोरखापत्र

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...