दुर्गममा राष्ट्रिय वाणिज्य बैंकको सेवा सुरु

Published on

काठमाडौं । रुकुमपश्चिममा भौगोलिक रुपले ठुलो र दुर्गम मानिएको आठबिसकोटमा राष्ट्रिय वाणिज्य बैंकले सेवा सञ्चालन गरेको छ । बैंकको ३१२ औँ शाखा कार्यालय स्थापना गरेर सोमबारबाटै सेवा सुरु गरेको बैंकले जनाएको छ । आठबिसकोट नगरपालिका –९ को राडीबजारमा स्थापना भएको शाखाबाट सबै प्रकारका सेवाहरु प्रदान हुने बैंकका मुसीकोट शाखा प्रमुख हेमन्तराज न्यौपानेले जानकारी दिनुभयो । उहाँका अनुसार खाता खोल्ने, रकम निकाल्ने, जम्मा गर्नेदेखि चेक क्लियरिङ, पेन्सन, सामाजिक सुरक्षा भत्ता, राजस्व, इबैंकिङ्, सरकारी कारोबार, रेमिटेन्स, ऋण लगानी लगायतका सेवाहरु शाखाबाट प्रवाह हुनेछन् ।

२०२२ साल माघ १० गते स्थापना भएको यो बैंक सरकारको पूर्ण स्वामित्वमा रहेको एक मात्र बैंक हो । देशका ७७ वटै जिल्लामा सेवा दिइरहेको यस बैंकले रुकुमपश्चिमको चौरजहारी र मुसीकोटमा शाखा कार्यालय र सोलाबाङमा एक्सटेन्सन काउन्टरमार्फत सेवा दिइरहेको छ । दुर्गम मानिएको स्थानमै राष्ट्रिय वाणिज्य बैंकको कारोबार सेवा सुरु भएपछि यहाँका स्थानीय खुशी भएका छन् । आठबिसकोट नगरप्रमुख रवि केसीले अबदेखि यहाँका नागरिकले सहज रुपमा बैंङ्किङ सेवा पाउने विश्वास व्यक्त गर्नुभयो । सरकारी बैंकमा हुने कारोबारका लागि जिल्ला सदरमुकाम जानुपर्ने बाध्यता हटेर गएको उहाँको भनाइ छ ।

भौगोलिक र जनसङ्ख्याको हिसाबले जिल्लाको ठुलो नगरपालिकामा दुई वर्षको लगातारको माग तथा पहलकदमीपछि राष्ट्रिय वाणिज्य बैंकले शाखा कार्यालयमार्फत सेवा सुचारु गरेको उहाँले उल्लेख गर्नुभयो । नगर प्रमुख केसीले पालिकाको दुर्गममा रहेका वडाहरु १, २, ३, ४, ५ र ६ को लागि अलग अलग दुई वटा काउन्टरको समेत माग गरेको बताउनुभयो । ती वडाहरुबाट पालिकाको केन्द्रमा सेवा लिन आउनलाई दुई दिन लाग्ने गर्दछ । यसअघि राडी बजारमा प्रभु, एनएमबी लगायतका अन्य बैंकले सेवा सञ्चालन गरेका छन् । तर बैंकमा हुने भिडभाडका कारण दिनभर लाइनमा बस्नुपर्ने बाध्यतामा स्थानीय छन् । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...