सत्यवतीमा आज शोक बिदा

Published on

काठमाडौं । सत्यती गाउँपालिका गुल्मीमा आज (बुधबार) शोक बिदा  दिइएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमलप्रसाद भुसालका अनुसार वडा नम्बर ४ लिम्घामा कार्यरत नायब प्राविधिक सहायक पदमा कार्यरत ३५ वर्षीय खुमप्रसाद ओलीको निधन भएकाले आज पालिकाभर शोक बिदा दिने निर्णय भएको हो ।

बर्दिया घर भएका ओलीको २७ गते लिम्घामै बाथरुममा नुहाउन जाँदा उच्च रक्तचापका कारण ढलेर निधन भएको पालिका पशु सेवा शाखा प्रमुख नारायण खनालले जानकारी दिनुभयो । उहाँ २०७३ सालदेखि नै सत्यवतीमा कार्यरत रहेको उहाँले बताउनुभयो । आज पालिकालगायत मातहतका वडा कार्यलयहरुमा शोक सभा गरी शोक बिदा दिने भएकाले गाउँपालिका र वडा कार्यालयहरुबाट सेवा प्रवाह नहुने भुसालले बताउनुभयो । गोरखापत्र

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...