बाँकेमा मिनी रङ्गशाला अधूरै

Published on

काठमाडौं । लुम्बिनी प्रदेश सरकारले एक करोड रुपियाँभन्दा बढी खर्च गरेको बाँकेको खजुरा गाउँपालिकास्थित डि गाउँमा रहेको मिनी रङ्गशाला अझै अधूरै रहेको छ । पालिका स्तरीय रङ्गशालामा तीन वर्षदेखि बजेट नपरेकोमा गत वर्ष प्रदेश सरकारले २० लाख रुपियाँ बजेट विनियोजन गरेको भए पनि अझै रङ्गशाला पूरा हुन सकेको छैन । स्थानीय न्यू डाँफे स्र्पोटस क्लवका अध्यक्ष बालाराम खत्रीले प्रदेश सरकारले पालिका स्तरीय रङ्गशाला निर्माण सुरु गर्नु सह्रानीय काम भए पनि वर्षौसम्म काम पूरा नहुनु दुःखद भएको बताउनुभयो । खत्रीले भन्नुभयो, “रङ्गशालाभित्रको भवनलाई क्लव भवनको रुपमा समेत प्रयोग गर्ने गरि स्थानीय बासिन्दाको चन्दा सहयोग लिएर निर्माण गरेपनि प्याराफिटको काम अधुरै छ ।”

यसैबिच रङ्गशालाको अवस्था बारे जानकारी लिन पुग्नुभएका निवर्तमान सामाजिक विकास मन्त्री तथा लुम्बिनी प्रदेशसभा सदस्य रत्न खत्रीलाई क्लवका पदाधिकारीसहित स्थानीय बासिन्दाले रङ्गशालाको अधूरो कार्य पूरा गर्नका लागि आवश्यक बजेट विनियोजनका लागि पहल गरिदिन अनुरोध गरेका छन् । खत्रीले आगामी आर्थिक वर्षको बजेटमा अपूरो रङ्गशालाको निर्माण कार्य पूरा हुनेगरी बजेट विनियोजनका लागि आफुले पहल गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...